२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

२०७५, २३ बैशाख आईतवार ११:५७

 प्रेम सुनार/बैशाख २३ गुल्मी। दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी  एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् ।


ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको वडागाउँ गाविस वडा नम्वर १ तल्लो दजाकोटकी ९१ ब्र्षिया बृद्धा चन्द्रदेवि पुन । पुनको जन्म विक्रम सम्वत १९८४  । ०२ । १ गते रहेको छ ।  उक्त मितिमा जन्मेकी पुनले  आज आईतवार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पहिलो पटक नागरिकता लिएकी हुन्  ।

नागरिकता नभए पनि तत्कालिन बडागाउँ गाविसले उनलाई बृद्ध भत्ता खुवाउँदै आएको तर अहिले मुसिकोट नगरपालिकाले नागरिकता विना बृद्ध भत्ता रोक्का गरेपछि  पुन अहिले आएर नागरिकता बनाउन आएकी थिईन ।  

उनले  ७० वर्ष पुरा गरी २०५१ साल देखि सुरु भएको पहिलो बृद्ध भत्ता  सय रुपैयाँबाट लिन सुरु गरेको उनकी छोरी डाँडाथोक निवासी एमकुमार वगालेले बताईन् ।  उनलाई छोरी र छोराहरुले  डोराउँदै प्रशासनमा नागरिकता बनाउन ल्याएका थिए ।

अपाङ्ग र बृद्ध बृद्धा मैत्री प्रशासन भनिए पनि आज उनलाई एक देखि अर्को स्थानमा डोराउँदै हिडालेको दृश्यले ब्यवहारमा मैत्री हुन नसकेको देखाउँथ्यो ।  त्यस्ती बृद्ध समेतलाई डोराउँदै एक देखि अर्को स्थानमा लैजाने गरेको देखि पछि यस समाचारदाताले  प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मालाई फोन गरेर ध्यानकृष्ट गराएको थियो ।

त्यस पछि  शर्माले तत्काल ति बृद्धालाई तलबाट माथी आफ्नो कार्यकक्षमा कर्मचारी लिन पठाई स–सम्मान उति खैरै नागरिकता प्रदान गरी दिएका थिए । त्यस अघि झण्डै एक घण्टा सम्म कहिले यता कहिले उताको झण्झटमा परेको दुखेसो उनिहरुले गर्दै थिए ।  

प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेद्धारा जारी उनको नागरिकता प्रमुख जिल्ला अधिकारी शर्माले दिदै प्रणाम समेत गरेका थिए । उनको सवै भन्दा जेठी सन्तान एमकुमारी रजालीको उमेर ६५ वर्ष भयो । त्यस पछि जन्मेका छोरा टिकाबहादुर पुन साठी वर्ष अर्की छोरी बगालेको उमेर ५५ वर्षको भयो । उनका श्रीमान खड्गबहादुर पुनको डेढ दशक अघि नै मृत्यु भएको थियो ।

किन अहिले सम्म सदरमुकाम तम्घास आमालाई ल्याउनु भएन भन्ने प्रश्नमा उनका छोरा छोरीले भन्दै थिए–‘उहाँ विरामी परे पो तम्घास ल्याउँथ्यौं , अहिले सम्म विरामी नै पर्नु भएको छैन त्यसैले अहिले नागरिकता बनाउन पहिलो पटक ल्याएका हौं । उनको गाउँ सदरमुकाम तम्घास देखि करिव १२ किलो मिटर दुरीमा पर्दछ । हिडेर करिव ३ घण्टामा त्यहाँबाट तम्घास आउन सकिन्छ । उनि  बढिघाट खोलाको बाटो बुटवल भने छोरी रहेकोले गएकी छन् ।

त्यति नजिककी मान्छे समेत त्यो उमेर सम्म सदरमुकाम तम्घास पहिलो पटक देख्नुले अरु दुरदराज गाउँका बृद्ध बृद्धाहरुको अवस्था के होला ? भन्ने सवाले जिल्ला प्रशासन भित्र उठ्यो । प्रमुख जिल्ला अधिकारी शर्माले यस अघि ८० वर्ष सम्मकोलाई आफुहरुले नागरिकता पहिलो पटक दिएको  पुन चाही यति वढि उमेरमा नागरिकता लिने पहिलो भएको भन्दै खुशी ब्यक्त गरे । नागरिकता त पुनले लिईन तर  उनी आफैलाई नागरिकता भनेको के हो ? भन्ने थाह थिएन् ।

के हो आमा त्यो भनेर सोध्धा उनले हाँस्दै भन्दै थिईन ‘कागज हो के रे’ अहिले कहाँ आउनु भएको छ ? भनेर सोध्धा डाँडामा भन्दै थिईन । होईन के आमा यो त तम्घास हो के भन्दा ‘ होर , कहाँ ल्याए हय्’ भन्दै थिईन ।

उनलाई आफु आएको ठाउँ तम्घास हो भन्ने समेत थाह थिएन् । त्यो उमेर सम्म रुखा खोकी वाहेक थला पर्ने गरी उनि विरामी नपरेको, अझै पनि घरमा भित्र वाहिर गर्ने , नाति पलातीहरुको हेरचाह गर्ने गरेको परिवारका सदस्यले बताए ।

दुई वर्ष अघि दजाकोटमा भिषण आगोलागी हुँदा उनकको सहित ६० भन्दा बढि घर गोठ जलेर नष्ट भएका थिए । त्यहाँ देखि यता उनि डाँडाथोकस्थित छोरी वगालेको घरमा बस्दै आएकी छन् । उनिहरुको ध्वस्त घर अझै बन्न सकेको छैन् । 

यो कागज भएसी   भत्ता पाईने भयो हुन्तो ? भन्दै उनि खुशी हुँदै घरतिर लागेकी छन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सामाजिक सुरक्षा भत्ताको विषयलाई  शुद्धिकरण  गर्नका लागि नागरिकता अनिवार्य गराईएकोले बृद्धा पुनलाई नागरिकता दिलाउन आफुहरुले पठाएको बताए ।  उनले भने यस क्रममा  त्यो उमेरमा उहाँले पहिलो पटक सदरमुकाम देख्न र नागरिकता लिन पाउनु भएकोमा आफुहरुलाई खुशी लागेको छ ।  


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत