घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस"/>
१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातो मासु मानव स्वास्थ्यका लागि हानिकारक: डाक्टर बस्न्यात (दशैँ विशेष कुराकानी)

२७ आश्विन २०७५, शनिबार ११:२४

घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस्पतालमा कार्यरत एमडिजीपी डाक्टर अमोघ बस्न्यातसँग साझासबाल डटकमका लागि दोलखा जिल्ला सम्पादक ताराबहादुर महतले गर्नुभएको कुराकानीको सम्पादित अंश । 


दशैँमा हुने अव्यवस्थित खानपानले मानव स्वास्थ्यमा के कस्तो असर गर्न सक्छ ? 

दशै हामी नेपालीहरुको महान चाड हो । यो चाड मुल रुपमा खानपिनसँगै सम्बन्धित छ । ‘दशैँ आयो खाउँला पिउँला’ भन्छौं नि हामी । खानासँगै सम्बन्धित भएर भन्नुपर्दा मुख्यतया दुईवटा विषयमा कुरा गर्नुपर्छ । पहिलोचाँहि खाद्य बस्तुहरुको गुणस्तर कुरा जस्तै खाद्यन्न कति स्वस्थकर छ ? सरसफाईयुक्त छ कि छैन ? वा बासी खाना पो हो कि त्यो कुरा हेर्नुपर्छ । नत्र भने गुणस्तरहीन खानाले झाडापखला, जण्डिस, टाईफाईड जस्ता रोगहरु फैलन सक्छन् । र दोश्रो कुरा जीवनशैलीजन्य रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, रगतमा अत्याधिक मात्रामा कोलेस्ट्रोल, मोटोपना पनि खानपिनसँग सम्बन्धित छन् । तसर्थ यी दुवै कुराको जोखिम दशैँमा हुन सक्छ ।

पशुहरु बध गरेर दशैँमा हप्तौंसम्म उक्त मासुजन्य परिकार खाने चलन छ । दशैँमा मासुलाई कसरी खाँदा फाईदा हुन्छ ?

पहिलो कुरा त अब जुन जनावरको हामीले मासु सेवन गरीरहेका छौं, त्यो कस्तो प्रकारको जनावर हो भनेर हेर्नु जरुरी छ । जस्तै खसी, बोका, राँगा, भैँसी, बङ्गुर बोसोसहितको रातो मासु हुने जनावर हुन् । यीनीहरुको मासु वैज्ञानिक दृष्टिकोणले पनि स्वस्थ्यको लागि त्यति राम्रो मानिँदैन् । तसर्थ अहिले स्वास्थ्यकर्मीहरुले पनि प्राथमिक रुपमा रातो बोसोयुक्त मासु सेवन नगरेकै राम्रो र गरे पनि एकदम कम मात्रामा सेवन गर्न सल्लाह दिने गरिएको छ । कुखुराको मासुको सन्दर्भमा तुलनात्मक रुपमा रातो मासुभन्दा अलि स्वस्थकर मानिन्छ । तर सरदरमा भन्नुपर्दा मासु आफैँमा स्वस्थकर मानिँदैन् । तर पनि नवदुर्गाको पुजाआजामा बली चढाएर प्रसादको रुपमा मासु खाने गरिन्छ । त्यसमा पनि मासुको परिकार कसरी बनाईएको छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । किनकि धेरै मसला र चिल्लो हालेर बनाईएका कवाफ, पक्कु जस्ता परिकारले स्वास्थ्यलाई हानी पु¥याउँछ ।

त्यसैगरी बासी र सुकुटी बनाएर राखेको मासु खानु हुँदैन् । बासी मासु त्यसमा पनि तारेर धेरै चिल्लो पदार्थको प्रयोग गरेर खाएको मासुले स्वास्थ्यमा प्रतिकुल असर पार्दछ । यसले रगतमा बोसोका मात्र बढाउने, उच्च रक्तचाप, मोटोपना, ग्याष्ट्राईटिस, अल्सर जस्ता रोगहरुको जोखिम बढाउँछ । मासुसँग मद्यपान र धुम्रपान त गर्नै हुँदैन् । तसर्थ थोरै मात्रामा मासुको सेवन गर्ने, सकेसम्म रातो भन्दा सेतो र बासी भन्दा ताजा मासुलाई प्राथमिकता दिने, अत्याधिक मात्रामा तेल, घ्यु र मसला प्रयोग नगरी सामान्य तरिकाबाट बनाईएको मासु सेवन गर्नु उपयुक्त हुन्छ ।

मासु खाने मानिसहरुले दैनिक कति मासु सेवन गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ?

दैनिक रुपमा यति नै मासु खाने भनेर त्यस्तो मापदण्ड वैज्ञानिक रुपमा तोकिएको छ जस्तो त मलाई लाग्दैन् । तर दशैँमा मात्र नभई औषतमा कुरा गर्नुपर्दा वैज्ञानिक रुपले हप्ताको दुई÷तीन पटक भन्दा बढी मासु सेवन नगर्ने र एक पटक वा एक छाकमा तीनदेखि चार चोक्टा भन्दा बढी माछा मासु सेवन गर्नु खासै राम्रो हुँदैन् । त्यसैगरी मान्छेलाई आवश्यक पर्ने प्रोटिनको लागि भने मानिसको स्वास्थ्य अवस्था अनुसार धेरै–थोरै मासुको सेवन गर्नु उपयुक्त हुन्छ ।

दशैँ चिसो मौसममा छ । चिसो मौसममा खानामा रुचि र पाचन प्रणालीले पनि सहजै खानेकुरा पचाउन सक्छ भनेर अत्याधिक मात्रामा खाने गरिन्छ नि ?

चिसो मौसममा पाचन प्रणालीले बढी काम गर्ने भन्दा पनि वैज्ञानिक अध्ययनहरुले देखाएको तथ्य म तपाईलाई भन्छु, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या बढी मात्रामा चिसो ठाउँहरुमा पाईएको छ । जाडोमा मान्छेहरु घरभित्रै बसेर खाईरहने तर गर्मीमा घरबाहिर निस्केर परिश्रम गरेर पसिना निस्किनाले शरीरको मेटाबोलिजम भन्छ हामीले ग्रहण गरेको खानाबाट शरीरका कोषहरुले ताकत निकाल्ने प्रक्रिया तुलनात्मक रुपमा छिटो गरेकोचाँहि हो । चिसो प्रदेशका मान्छेहरु गर्मी प्रदेशका मान्छेहरु भन्दा बढी अस्वस्थ भेटिन्छन् । अनि चिसो मौसममा खाना धेरै छिटो नबिग्रिने हुनाले बासी खाना खाएर बिरामी पर्ने जोखिम चिसो ठाउँमा बढी छ । तसर्थ चिसो मौसममा खाने कुरामा बढी सजग हुनु थप जरुरी छ ।

दशैँमा लगाईने टिकामा विभिन्न रङहरुको प्रयोग गरिएको हुन्छ । यी रङहरुले छालालाई कस्तो असर पर्न सक्छ र त्यस्तो असरबाट कसरी सुरक्षित हुने ?

अक्षतामा हामी अबिर प्रयोग गर्छौँ । अबिरमा पनि कतिपय रसायनहरुको मिसावट भेटिएको छ । बजारमा पाईने अबिर पुर्णतया शुद्ध नभएर विभिन्न रङहरु पाईन्छ । त्यसले त संवेदनशील छालामा एलर्जी आउने, चिलाउने, पछिसम्म दागहरु निस्किने, कतिपयको अनुहारको पोतो बढाईदिने र छालामा कालोपन आउने जस्तो किसिमको छालाजन्य रोगहरु निम्त्याउन सक्छ ।

कतिपय व्यक्तिहरुले विजयादशमीको दिन लगाएको टिका नपखाली पुर्णिमाको दिनसम्म राख्ने चलन छ यसले कस्तो असर गर्न सक्छ ?

त्यसले त झन् प्रतिकुल असर पार्दछ । संवेदनशील छाला भएका व्यक्तिहरुले त लामो अवधिसम्म टिका राख्नै हुँदैन् । राम्रो बानी के हो भने टिका लगाएको छोटो अवधि अर्थात एक÷दुई घण्टाभित्र टिका पखाल्नुपर्छ । त्यो कुन रङ प्रयोग गरेर बनाएको टिका हो त्यो त हामीलाई थाहा हुँदैन तसर्थ लामो अवधिसम्म उक्त टिकालाई छालाको संसर्गमा राख्नु हानिकारक हुन्छ ।

अन्तिममा केहि सन्देश… ?

स्वस्थकर खानाको र सकेसम्म रातो भन्दा सेतो मासुको प्रयोग गरौं । मासुको परिकारमा अत्याधिक चिल्लो, मसला लगायतको प्रयोग हटाऔं । अझ अर्को कुरा दशैँमा मासु सेवन गर्दा मद्यपान र धुम्रपानको सेवन विल्कुलै नगरौं । सबैमा विजया दशमीको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए