असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छे"/>
३ माघ २०८२, शुक्रबार
डडेलधुरा - DDL

डडेल्धुरा अदातलमा सम्बन्ध बिच्छेदका मुद्दामा बृद्धि

१ श्रावण २०७३, शनिबार १९:०१

असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छेदका मात्रै २५ मुद्दा छन । 

जम्मा २५ मुद्दा मध्ये २० वटा फछर्यौट भएका छन भने पाँच वटा मुद्दालाई न्यायिक प्रक्रियामा अघि बढाईएको छ । गत बर्ष भन्दा यस बर्ष सम्बन्ध बिच्छेदका संख्यामा मुद्दा आठले बढेको जिल्ला अदालतको तथ्यांकले देखाएको छ । असार मसान्त सम्म जिल्ला अदालतले ६७ मुद्दा फछर््यौट गरेको जनाएको छ । शुक्रबार सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार ३४ मुद्दा फछर्यौट हुन बाँकी छन । दर्ता मुद्दामा सबै भन्दा बढी दुनियावादी फौजदारी मुद्दाको संख्या ३८ छ । त्यस्तै दुनियावादी देवानी मुद्दाको संख्या २४, सरकारवादी देवानी मुद्दाको संख्या २९ रहेको अदालतका श्रेस्तेदार बिष्णुराज पन्तले बताएका छन । फछर्यौट भएका दुनियावादी देवानी १५, दुनियावादी फौजदारी २९ र सरकारवादी फौजदारी २३ गरी जम्मा ६७ मुद्दा फछर््यौट भएको अदालतका तहशिलदार पुष्पराज जोशीले बताएका छन । 

अदालतको कार्य योजना अनुसार आर्थिक बर्ष २०७२/७३ मा ८४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । जुन अनुमान भन्दा बढी ९१ मुद्दा दर्ता भएका छन । फछर्यौट लक्ष्य ६३ लिईए पनि ६७ मुद्दा वास्तविक फछर्यौट गरिएका छन । वास्तविक फछर्यौट अनुमानको तुलनामा १०६.३४ प्रतिशत रहेको अदालतको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ