२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका ७७ प्रतिशत नेपालीको स्वदेश फर्किने चाहना,आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह

२०७७, २ बैशाख मंगलवार ०७:५३

बैशाख २, काठमाडौं । विदेशमा रहेका नेपाली मध्ये अधिकांशले स्वदेश फर्किने ईच्छा देखाउँदै सहयोगका लागि आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको हेल्पलाइनमा फोन गर्ने मध्येका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ, कोभिड १९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माका अनुसार फोन गर्नेहरुको तथ्याकका आधारमा यस्तो देखिएको हो । संघद्वारा जारी विज्ञप्ती अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माका अनुसार त्यहाँबाट फोन गर्ने मध्ये अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेका छन् ।


हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जानको लागि आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन्। अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।

मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिभावकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् ।

सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् ।

युएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपोटको महासचिव डा. शर्माले जानकारी दिए ।

विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्तभएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ