त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस् नसुनाओस्, पहिले पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस् नसुनाओस्, पहिले पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मा"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसले बुझ्ने ? ‘अमेरीकाको ग्रिनकार्ड पाएकोलाई भन्दा खाडी गएकालाई देश र घरको मायाँ धेरै लाग्छ’

५ श्रावण २०७३, बुधबार ०२:२८

त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस्/नसुनाओस्, पहिले-पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो-तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मान्छे शुखमा भन्दा दु:खमा धेरै भावनामा बग्छ, धेरै रचना दु:खमै निस्कन्छन् । देश छोडेपछी भाषाको झनै धेरै मायाँ लाग्छ आफ्नो भाषामा लेखेको केहि देखिहालियो भने पनि मन सार्है रमाएर आउँछ  । 

म यू.ए.ई आएको लगभग चार बर्ष पुग्न लाग्यो । यो चार बर्षको अबधिमा रोजि-रोटीमै बढी भुलियो । जिन्दगीका कुनै दिन, दिनमा २/३ वटा गजल फुर्ने मनमा एउटा गजल फुर्न पनि गार्हो हुन थाल्यो । थोरै मान्छे रहरले र धेरै मान्छे बाध्यताले छिर्ने ठाउँ हो प्रदेश । असली जिन्दगीको असलि रंग देखिन्छ, प्रदेसिए पछी । हुन त मान्छेलाई जति गरे पनि सन्तुष्टी हुँदैन देशमा हुँदा बिदेशिने हतार, बिदेशमा हुँदा घर फर्किने हतार, तर पनि यस्तै-यस्तै गर्दे चलिरहन्छ प्रदेशी जिन्दगी । ‘२ बर्ष भन्दा ज्यान गएनी बस्दिन’ भन्दै यहाँ आएको हर्के दाई २० बर्ष हुँदा पनि अब “यो चाही मेरो अन्तिम भीषा हो भाई, रिन्यू गर्दिन” भन्दै गरेको भेटिन्छ फेरि अर्को दुई बर्ष पछाडी पनि त्यसै भन्दै गरेको भेटिंदा नौलो मान्नु पर्दैन । 


केही समयदेखी यू.ए.ई.मा भएका नेपालीलाई एउटै गाँठोमा बाँध्नु पर्छ भनेर लागीपरेको “नेपाली समुदाय यू.ए.ई”.ले गत शुक्रबार भानु जयन्तिको अवसर पारेर श्रष्टा सम्मेलनको आयोजना गरेको थियो । मेरो पनि सहभागि हुने मौका मिल्यो । निकै बर्षको अन्तरालमा यसरी साहित्यिक समारोहमा हराउँदा अनुभव हुन्थ्यो – श्रस्टाप्रतिको देशको मायाँ आमाले पकाएर दिएको गुन्द्रुक र ढिडोको मायाँ ।

हामीले खाडिलाई त्यति माया गर्दैनौँ । खाडिमा जाने मान्छे भनेका नपढेका अन्त जान नसकेर अड्केका या यस्तै-यस्तै भन्ने मान्यता अझै पनि छ, हाम्रो समाजमा । मेरो छोरा जापान, मेरो छोरा बेलायत, या अमेरिकामा छ भन्दा जुन गर्ब र सान हुन्छ, एउटा बाबुलाई त्यति नै सान मेरो छोरा साउदी, कतार, या दुबाईमा छ भन्दा हुन्न होला । सायद अमेरीकामा ग्रिनकार्ड पाएको छोरालाई भन्दा खाडिमा केही बर्ष पसिना बेच्न गएको छोरालाई देश र घरको मायाँ धेरै लाग्छ भन्ने कसले बुझ्ने ? ग्रिन कार्ड पाएको छोरा फर्किन्छ फर्किन्न थाहा हुँदैन तर खाडीमा गएको छोराको अन्तिम गन्तब्य आफ्नै देश हो । त्यहि भएर अनलाईनमा देश-विकास भएन भनेर गुनासो गर्ने सबैभन्दा धेरै खाडिवाला नै हुन्छन् । देशको चिन्ता यिनैलाई धेरै हुन्छ । यो पढिरहँदा कसैलाई लाग्दो हो “त्यसो भए आँफूहरु आएर बनाउनु पर्यो नि देश ।“ एउटा युवा बिदेशबाट अब म फर्किन्न भनेर देश जान्छ । केही गर्न खोज्छ, बिदेशमा हुँदा जम्मा गरेको पैसा सक्छ र फेरी तिनैसँगै काम गरेका साथीलाई म्यासेज पठाउँछ । “ओई ल न यार एउटा काम खोज्नु पर्यो यहाँ त केही पनि नहुने भो”। किन यस्तो ?

निकै धेरै श्रष्टाहरुलाई रचना सुन्ने र सुनाउने मौकाको मेलोमेसो मिलाउने नेपाली समुदाय यू.ए.ई र बिदुर जि प्रति आभारी छु यहाँहरुले गर्न लाग्नुभएको चेलिलाई दर खुवाउने काम होस् या मिर्गौला पिडितलाई सहयोग गर्ने अभियान होस् सबै सँधै सफल रहुन् शफलताको कामना गर्छू । 

- आर्.पी. सिर्जन
अज्मान, यू.ए.ई.

(लेखक स्यांग्जा जिल्लाका हुन्)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला