साउन ८, मुगु | आर्थिक वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, मुगु | आर्थिक वर"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

न्युनतम शर्त मापनमा जिविस अनुतिर्ण

२०७३, ८ श्रावण शनिबार ०१:३६


साउन ८, मुगु | आर्थिक वर्ष २०७१/७२ को न्युनतम मुल्याकंन शर्त मापनमा अनुर्तिण भएको छ । न्युनतम मुल्याकंन शर्त मापनका विभिन्न सुचकहरु पुरा नभए पछि अनुतिर्ण भएको मुगु जिविस ७५ औ स्थानमा पुगेको छ ।

 शर्त मापनमा उर्तिण हुनका लागि न्युनतम ३० अकं भन्दा माथी ल्याउनु पर्ने भए पनि जिविसले जम्मा २६ अंक मात्र ल्याएको जिल्ला विकास समितिका लेखापाल रमाकान्त आचार्यले जानकारी दिए । जिविसद्धारा सञ्चालित विकास निर्माणका कार्यहरुको हरेक आर्थिक वर्षमा न्युनतम मुल्याकंन र स्थानीय मन्त्रालयको शर्त मापनका आधारमा मुल्याकंन हुने र प्राप्त अंकका आधारमा स्थानीय विकास मन्त्रालयबाट अनुदान पाउने प्रावधान रहेको छ । न्युनतम मुल्यांकनमा उतिर्ण हुन नसके पछि आगामी आर्थिक वर्षका लागि मन्त्रालयबाट पाउने अनुदान रकममा कटौती हुने लेखापाल आचार्यले बताए । 

हरेक आर्थिक वर्षमा जिविसले बार्षिक बजेट तथा कार्यक्रम स्वीकृति गराउनु पर्ने , बार्षिक प्रगति समिक्षा गर्नु पर्ने , प्राप्त बार्षिक बजेट समयमा नै खर्च गरि सक्नु पर्ने , आयोजनाहरुको प्राथामिकिकरण र छनौटका आधारहरु तयार गरिनु पर्ने, जिविसको आवधिक योजना निर्माण गर्नु पर्ने लगायतका सुचकहरु पुरा गर्नु पर्ने कानुनी व्यवस्था छ । त्यस्तै गाउँ स्तरमा समावेशी उपभोक्ता समिति गठन गर्नु पर्ने ,सञ्चालित आयोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई गर्नु पर्ने , आयोजना स्थलमा सबैले देख्ने गरि आयोजनाको लागत विवरण ,राख्नु पर्ने लगायतका सुचकहरु पुरा गर्नु पर्ने प्रावधान रहेको छ । यि प्रावधानहरु  पुरा नभए पछि आर्थिक वर्ष २०७१।०७२ को न्युनतम मुल्याकंन सर्त मापनमा जिविस अनुतिर्ण भएको हो । आर्थिक वर्ष २०७०/७१ मा पनि न्युनतम मुल्याकंन शर्त मापनमा जिविस अनुर्तिण भए पछि मन्त्रालयबाट पाउने निशर्त अनुदान कटौती भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से