११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्कीमा भेटियो विश्वकै दुर्लभ ‘किङ कोब्रा’, यसरी हुँदैछ संरक्षण

३१ असार २०७७, बुधबार ०५:५३

असार ३१, कास्की | जिल्लाको माछापुछ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानीय जनप्रतिनिधिलगायतका संस्था तथा व्यक्तिहरु जुटेका छन् । 

काली नागसमेत भनिने सो सर्पको गुँड फेला परेपछि सोही स्थानमा संरक्षण गर्न निगरानीका लागि ‘क्यामेरा ट्राप’ राखिएको र वरिपरि तारजाली लगाउने काम भइरहेको एक्यापका संरक्षण अधिकृत ऋषि बरालले बताउनुभयो । सो सर्प अन्दाजी १० फिट लामो रहेको छ । सबैभन्दा विषालु किङकोब्रा अण्डा पारेर बच्चा निकाल्ने एक मात्र सर्प प्रजाति भएकाले अहिले अण्डा पारेर गुँड बनाएर बसेको बरालले बताउनुभयो । यसले ६० देखि ९० दिनभित्रमा बच्चा निकाल्ने अनुसन्धानकर्ता बताउँछन् ।

“अन्नपूर्ण संरक्षण क्षेत्रभित्र देखिएको किङकोब्राको गुँड संरक्षण र यसलाई  अवरोध नहोस् भनेर सबैतिर तारजाली लगाउन शुरु गरेका छौँ”, संरक्षण अधिकृत बरालले भन्नुभयो, “क्यामेरा ट्रापसहित स्थानीयवासीलाई समेत आवश्यक सचेतना शिविर सञ्चालन गरेका छौँ ।” किङकोब्राले अण्डा पारेपछि पतकरको बीचमा सुरक्षित गरेर गुँडको सुरक्षा गर्ने र बच्चा निस्कनु सातदेखि १० दिनअघि यसले गुँड छाडेर जाने गरेको संरक्षणकर्मीको भनाइ छ । यस अवधिमा यो सर्प अन्यत्र टाढा नजाने र गुँडको सुरक्षा गरेर बस्ने गरेको बताइन्छ  ।


माथिको तस्वीरमा: जिल्लाको माछापुछ्रे गाउँपालिका–३ घाचोकमा भेटिएको विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्पराज गोमन ‘किङ कोब्रा’ । तस्वीरः कृष्ण दवाडी/रासस

किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ ।  कास्कीमा सन् २०१६ मा पहिलोपटक दाङसिङमा कोब्राको गुँड भेटिएको थियो । त्यसपछि सन् २०१७ मा धम्पुसफेदीमा, सन् २०१७ मा स्याङ्जामा त्यसको एक वर्षपछि पुनः धम्पुसमा भेटिएको थियो । यस वर्ष कास्की र पर्वतमा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

यो समुद्री सतहदेखि दुई हजार मिटरदेखि दुई हजार ५०० सम्मको उचाइमा पाइने गरेको बताइन्छ । यसलाई अवरोध नगरेसम्म मानिसलाई केही नगर्ने एक्याप ल्वाङका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक लेखनाथ गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “किङकोब्रा सर्प लजालु र भद्र स्वभावको हुन्छ, यसलाई अवरोध नहुँदासम्म केही गर्दैन, अण्डा कोरल्ने बेलामा बढी आक्रामक हुन्छ ।” यो सर्प लोपोन्मुख प्रजातिअन्तर्गत ‘साइटिस टु’ मा पर्ने उहाँले बताउनुभयो । 

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्सालले दुई साताअघि ठूलो र लामो आकारको सर्प देखिपछि एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समिति, सर्प संरक्षण समाजलगायतका संस्थामा खबर गरिएको जानकारी दिनुभयो । हाल विभिन्न संस्थाबाट संरक्षणको प्रयास भइरहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल ऊर्जामन्त्री खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताए नेप्से परिसूचक दुई अङ्कले बढ्यो तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न कञ्चनपुरको सभागृह प्रयोग विहीन ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिन निर्देशन दिए लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरे भारतीय प्रधानमन्त्री मोदीले आतंककारी र षड्यन्त्रकारीलाई पृथ्वीको अन्तिम कुनासम्म छाड्ने छैनौँ भने शिक्षकहरुको आन्दोलनको आज २३ औँ दिन, छाता ओढेर आन्दोलन गरिरहे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने