२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्किनेक्रम जारी छ…

२०७७, २४ श्रावण शनिबार १३:५४

साउन २४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले  छन् ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २५८ र दमामबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । रियदमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।


यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमश: १७३ र १७१, एयर अरेबियाले सारजाहाबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौँ ल्याएको छ । आइतबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ