११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कोरोनाका कारणले जागीर गुमाएकाहरुलाई रोजगारको अवसर

३१ श्रावण २०७७, शनिबार ०६:५०

साउन ३१, काठमाडौँ । मलेसियाले स्थानीय श्रम बजारमा श्रमिकको अभाव भएपछि रिहायरिङ अर्थात पुनः भर्नाका माध्यमबाट विदेशी कामदार भर्ना गर्न पाउने  निर्णय गरेको छ । कोभिड–१९ संक्रमणपछि यस वर्षका लागि नयाँ विदेशी कामदार भर्नाका लागि एप्रुभल नदिने निर्णय गरेको मलेसियाले आफ्नो पुरानो निर्णयमा लचकता ल्याउँदै स्वदेशी कामदार नपाएको अवस्थामा मलेसियामा रहेका विदेशी कामदारलाई रोजगारमा भर्ना गर्न पाउने निर्णय गरेको हो ।

यसअघि मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन गरी प्रमुख तीन क्षेत्रमा मात्र विदेशी कामदार प्रयोग गर्न पाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि आफुहरुलाई गम्भीर असर परेको भन्दै त्यहाँका मझौला तथा साना उद्योगका रोजगादाताहरुले विरोध गरेका थिए । उनीहरुको विरोधपछि मलेसिया सरकारले पुरानो निर्णयमा केही परिवर्तन गरेको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले रोजगारदाताहरुले पहिलो प्राथमिमकता भने स्वदेशी कामदारहरुलाई नै दिनुपर्ने बताएका छन् । रोजगारदाताहरुले विज्ञापनमार्फत स्थानीयको आवेदन माग गर्नुपर्ने उनीहरुको पर्याप्त आवेदन नपरेमात्र मलेसियामा वैधानिकरुपमा रहेका विदेशी कामदारलाई भर्ना गर्न सक्ने मन्त्री रासाभान्को भनाइ छ ।

मलेसियामा कोरोना भाइरस संक्रमणपछि उद्योगहरुले विदेशी कामदार कटौतीको निर्णय लिँदै उनीहरुलाई लामो तथा छोटो अवधिको बेतलवी बिदा दिएका थिए । अब शुरु हुने रिहायरिङ प्रक्रियामा उनीहरुले मौका पाउने बताइएको छ ।

मलेसियाको श्रम बजारमा २० लाख विदेशी कामदार चाहिने आँकलन गरिएको छ । त्यसमा कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रका ८ लाख ३७ हजार ८ सय, उत्पादन क्षेत्रमा ७ लाख, सेवा क्षेत्रमा ३ लाख ९ हजार र घरेलु सहायकको क्षेत्रमा काम गर्ने १ लाख ३० हजार विदेशी कामदार रहेका छन् ।

यसअघि कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रमा मात्र विदेशी कामदार भर्ना गर्न छुट थियो । मन्त्री साराभानन्ले विदेशी कामदार भर्ना गर्दा कोभिड परीक्षण र नियन्त्रणको जिम्मा रोजगारदाताहरु हुनुपर्ने बताएका छन् । उनले रोजगारदाताले कामदार भर्ना गर्दा गृहमन्त्रालयमा निवेदन दिनुपर्ने र मानव संशाधान मन्त्रालयको समन्वयमा भर्ना प्रक्रियाका लागि संयोजन गरिने बताएका छन् ।

मलेसियामा कोरोना भाइरस संक्रमणपछि पनि विदेशी कामदारहरुको माग पहिले कै हाराहारीमा रहने बताइएको छ । खासगरी ठूलाठूला रबर उद्योगको ग्लोब्सलागतयका मेडिकल उत्पादनहरु अमेरिका र युरोपमा निकासी भएपछि विदेशी कामदार प्रयोग गर्न नपाए अन्य माग अनुसारको आपूर्ति पूरा गर्न नसकिने उनीहरुको भनाइ छ ।

मलेसियन नागरिकहरुले आप्रवासी कामदारहरुले जस्तो जोखिमपूर्ण काम कम तलवमा गर्न नसक्ने भन्दै रोजगारदाताहरुले विदेशी कामदार नल्याऊ भन्न नमिल्ने भनाइ सरकारसमक्ष राख्दै आएका छन् ।

मलेसियाको स्मल एण्ड मिडियम इन्टरप्राइजेजका सचिव योह सेड होईले विदेशी कामदारहरुले मलेसियाको अर्थतन्त्रमा योगदान दिइरहेको र उनीहरु आगामी दिनमा पनि आवश्यक हुने बताउँदै विदेशी कामदार भर्नामा गरिएको कडाईमा लचकता ल्याउन माग गरेको खबर मध्यान्ह दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल ऊर्जामन्त्री खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताए नेप्से परिसूचक दुई अङ्कले बढ्यो तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न कञ्चनपुरको सभागृह प्रयोग विहीन ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिन निर्देशन दिए लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरे भारतीय प्रधानमन्त्री मोदीले आतंककारी र षड्यन्त्रकारीलाई पृथ्वीको अन्तिम कुनासम्म छाड्ने छैनौँ भने शिक्षकहरुको आन्दोलनको आज २३ औँ दिन, छाता ओढेर आन्दोलन गरिरहे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने