२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कोरोनाका कारणले जागीर गुमाएकाहरुलाई रोजगारको अवसर

२०७७, ३१ श्रावण शनिबार ०६:५०

साउन ३१, काठमाडौँ । मलेसियाले स्थानीय श्रम बजारमा श्रमिकको अभाव भएपछि रिहायरिङ अर्थात पुनः भर्नाका माध्यमबाट विदेशी कामदार भर्ना गर्न पाउने  निर्णय गरेको छ । कोभिड–१९ संक्रमणपछि यस वर्षका लागि नयाँ विदेशी कामदार भर्नाका लागि एप्रुभल नदिने निर्णय गरेको मलेसियाले आफ्नो पुरानो निर्णयमा लचकता ल्याउँदै स्वदेशी कामदार नपाएको अवस्थामा मलेसियामा रहेका विदेशी कामदारलाई रोजगारमा भर्ना गर्न पाउने निर्णय गरेको हो ।

यसअघि मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन गरी प्रमुख तीन क्षेत्रमा मात्र विदेशी कामदार प्रयोग गर्न पाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि आफुहरुलाई गम्भीर असर परेको भन्दै त्यहाँका मझौला तथा साना उद्योगका रोजगादाताहरुले विरोध गरेका थिए । उनीहरुको विरोधपछि मलेसिया सरकारले पुरानो निर्णयमा केही परिवर्तन गरेको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले रोजगारदाताहरुले पहिलो प्राथमिमकता भने स्वदेशी कामदारहरुलाई नै दिनुपर्ने बताएका छन् । रोजगारदाताहरुले विज्ञापनमार्फत स्थानीयको आवेदन माग गर्नुपर्ने उनीहरुको पर्याप्त आवेदन नपरेमात्र मलेसियामा वैधानिकरुपमा रहेका विदेशी कामदारलाई भर्ना गर्न सक्ने मन्त्री रासाभान्को भनाइ छ ।

मलेसियामा कोरोना भाइरस संक्रमणपछि उद्योगहरुले विदेशी कामदार कटौतीको निर्णय लिँदै उनीहरुलाई लामो तथा छोटो अवधिको बेतलवी बिदा दिएका थिए । अब शुरु हुने रिहायरिङ प्रक्रियामा उनीहरुले मौका पाउने बताइएको छ ।

मलेसियाको श्रम बजारमा २० लाख विदेशी कामदार चाहिने आँकलन गरिएको छ । त्यसमा कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रका ८ लाख ३७ हजार ८ सय, उत्पादन क्षेत्रमा ७ लाख, सेवा क्षेत्रमा ३ लाख ९ हजार र घरेलु सहायकको क्षेत्रमा काम गर्ने १ लाख ३० हजार विदेशी कामदार रहेका छन् ।

यसअघि कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रमा मात्र विदेशी कामदार भर्ना गर्न छुट थियो । मन्त्री साराभानन्ले विदेशी कामदार भर्ना गर्दा कोभिड परीक्षण र नियन्त्रणको जिम्मा रोजगारदाताहरु हुनुपर्ने बताएका छन् । उनले रोजगारदाताले कामदार भर्ना गर्दा गृहमन्त्रालयमा निवेदन दिनुपर्ने र मानव संशाधान मन्त्रालयको समन्वयमा भर्ना प्रक्रियाका लागि संयोजन गरिने बताएका छन् ।

मलेसियामा कोरोना भाइरस संक्रमणपछि पनि विदेशी कामदारहरुको माग पहिले कै हाराहारीमा रहने बताइएको छ । खासगरी ठूलाठूला रबर उद्योगको ग्लोब्सलागतयका मेडिकल उत्पादनहरु अमेरिका र युरोपमा निकासी भएपछि विदेशी कामदार प्रयोग गर्न नपाए अन्य माग अनुसारको आपूर्ति पूरा गर्न नसकिने उनीहरुको भनाइ छ ।

मलेसियन नागरिकहरुले आप्रवासी कामदारहरुले जस्तो जोखिमपूर्ण काम कम तलवमा गर्न नसक्ने भन्दै रोजगारदाताहरुले विदेशी कामदार नल्याऊ भन्न नमिल्ने भनाइ सरकारसमक्ष राख्दै आएका छन् ।

मलेसियाको स्मल एण्ड मिडियम इन्टरप्राइजेजका सचिव योह सेड होईले विदेशी कामदारहरुले मलेसियाको अर्थतन्त्रमा योगदान दिइरहेको र उनीहरु आगामी दिनमा पनि आवश्यक हुने बताउँदै विदेशी कामदार भर्नामा गरिएको कडाईमा लचकता ल्याउन माग गरेको खबर मध्यान्ह दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन