साउन ११, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, "/>
२०८२, २५ चैत्र बुधबार
चितवन - CTW

फूलमाया कार्की फाउण्डेशनद्धारा बालिकाको उपचारमा आर्थिक सहयोग

२०७३, ११ श्रावण मंगलवार १५:१४

साउन ११, चितवन । मष्तिस्कघात तथा सुस्त मनस्थीति भएकी एक बालिकालाई उपचारका लागि फूलमाया कार्की फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । 

लोक तथा दोहोरी गायक बिरही कार्कीद्धारा आमाको स्मृतीमा स्थापना गरिएको फूलमाया काँर्की फाउण्डेशनले दाङ घर भई चितवनको कविलास दासढुगामा बस्दै आएकी ६ बर्षिया बालिका शोभा श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको हो । मष्तिस्कघातबाट पिडित रहेकी बालिकाको घरको आर्थिक अवस्था पनि निकै कमजोर भएको र उपचारमा समस्या भएको जानकारी पाएपछि गायक विरही कार्की र भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीले बालिकाका बाबु राजु श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।  श्रेष्ठका २ छोरीहरु मध्ये जेठी छोरी शोभा जन्मिए देखि नै मष्तिस्कघात तथा सुस्त मनस्थीति सम्वन्धि समस्याबाट पिडित बन्दै आएकी छिन् । आमा समेत नभएका २ छोरीलाई बाबु राजुले एक्लै हेरचाह र स्याहार सुसार गर्दै आएका छन् । “उपचारमा थोरै भएपनि राहात होस्, उपचारमा टेवा दिन सकियोस् र सहयोगको भावना जागृत होस् भनेर बालिकाको उपचारका लागि सहयोग गरेको हुँ” गायक तथा फूलमाया कार्की फाउण्डेशनका अध्यक्ष बिरही कार्कीले भने, “आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन्छु।” कार्कीले बालिकाको थप उपचारका लागि समेत चिकित्सकहरूसँग आवश्यक परामर्श गरि सहयोग गर्ने सो अवसरमा वचन दिए । शोभाको दुवै हात खुट्टा चल्न सक्दैनन् भने उनले दिसा पिसाव आएको समेत थाहा पाउदिनन् । 

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पताल बिकास समिती अध्यक्ष बिजय सुवेदीले सहयोग गर्न सक्ने मानिसहरूले विपन्न, असहाय र अशक्त नागरिकहरूको उपचारमा सानो सानो भएपनि सहयोग गर्न सके, त्यसले ठुलो राहात मिल्ने वताए । बालिकाका बाबु राजु श्रेष्ठले आर्थिक अवस्था निकै कमजोर भएका कारण छोरीको उपचार गराउन नसकेको, आमा पनि नभएकोले हेरचाह गर्न समेत समस्या भएको वताए । 

फूलमाया कार्की फाउण्डेशनका तर्फबाट मकवानपुरको डाडाँखर्ककी एक चेपाङ बालिका मुना चेपाङलाई रू ५० हजार बराबरको अक्षय कोष बनाएर पढाउदै आएको गायक कार्कीले जानकारी दिए । गायक तथा संकलक कार्कीले आफ्नी दिवंगत आमाको स्मृतीमा गत असार ८ गते फूलमाया कार्की फाउण्डेशन स्थापना गरि सामाजिक सेवा गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण