१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा पानीको सतह घट्यो

२० चैत्र २०७७, शुक्रबार १०:३७

दान बहादुर बुढा । चैत्र २०, मुगु । नेपालको सुन्दर पर्यटकीय गन्तव्य स्थान कर्णाली प्रदेशको रारामा तालमा यो वर्ष पानीको सतह घटेको छ । समुन्द्र सतह देखि २९ सय ७२ मिटर उचाईमा रहेको रारामा मुहान सुन्दै जादा पानीको सतह घटेको हो । 


विगतका वर्षहरुमा हिउँदमा हिमपात र आकाशे पानि पर्ने गरेको थियो । तर यो वर्ष हिमपात र आकाशे पानि निकै कम परेको हुँदा तालको छेउछाउमा रहेका बगेर आउने पानिका दर्जनै मुहान सुकेका छन् । जलवायु परिवर्तनका कारण गत वर्षको तुलनामा यो वर्ष पानीको सतह घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज संरक्षण अधिकृत बिनोद दाहालले जानकारी दिए ।  


'बच्चाकाल देखि नै धरै पटक रारामा घुम्न आईन्छ यो बर्ष बिगतका बर्षहरु भन्दा रारा तालको सतह धेरै घटेको देखिन्छ। तालको किनारमा माथिबाट बगेर आउर्ने २०,२२ साना साना पानिका खोलाहरु पनि सुकेका छन । यो बर्ष हिउँ कम परेको कारण हुनसक्छ', छायानाथ रारा नगरपालिका वडा नम्बर ७ बस्ने प्रकाश कुमार शाहीले भने । 


जथाभावी सडक खन्दा र वनजंगल फडानी गर्दा यस्तो समस्या आएको कनका सुन्दरी ५ जुम्लाका आन्तरिक पर्यटक महेन्द्र हमालको बुझाइ छ । पहिले घुम्न आउँदा र अहिलेको रारा वरपरको शुन्दरतामा फरक देखिएको उनले बताए ।

'फोहोर व्यवस्थापनमा पनि सुधार आएको छ, तर रारा घुम्न आउर्ने आन्तरीक तथा बाह्य पर्यटकहरुले खान पिउनको लागि ल्याएका केही सामानहरुबाट निस्कर्ने फोहोरलाई सहिठाउँमा प्रयोग गरियो भने राराको सुन्दर्यलाई कायमै राख्न सकिने कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाका बाल रोग विशेषज्ञ डा. कमल प्रसाद थानीले बताए ।


यो बर्ष राराको सतहमा पानि घटेको हुँदा तालमा राखीएको पानि मापनमा अधिकतम ९ न्युनतम ० हुनु पर्नेमा १ भन्दा केही मार्थि रहेको छ । राराको पानि निकासहुर्ने पश्चिम पट्टि रहेको निजार खोलाबाट थोरै मात्र पानि निकास भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता