२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका लागि गुलेली सङ्कलन अभियान

२०७८, ७ आश्विन बिहीबार ०९:००

असोज ७,काठमाडौँ (रासस ) ।  चराचुरुङ्गी वन्यजन्तु तथा तिनको वासस्थान संरक्षणका लागि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ ।  गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले १४औँ राष्ट्रिय संरक्षण दिवस २०७८ को अवसर पारेर चराचुङ्गी तथा वन्यजन्तुको संरक्षण गराउने उद्देश्यले गुलेली सङ्कलन अभियान सञ्चालन गरेको हो । 

गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना र प्रहरीले आज संयुक्त रुपमा दोलखाको उत्तरी क्षेत्र सिङ्गटी बजारमा गुलेली सङ्कलन अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत सो क्षेत्रबाट ३४ गुलेली र गुलेली बनाउन प्रयोग हुने ३७७ थान रबर सङ्कलन गरेको छ ।  

राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गाउँगाउँबाट गुलेली सङ्कलनको लागि आयोजनाअन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई खटाएको र गाउँगाउँमासमेत गुलेली सङ्कलन भइरहेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । 

सो अभियानअन्तर्गत गुलेली बुझाएर सहयोग गर्नेहरुलाई उचित मूल्यसमेत दिइने आयोजनाले जनाएको छ । गौरीशङ्कर संरक्षण क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुलाई संरक्षण गराउने उद्देश्यले  यो अभियान सञ्चालन गरिएको आयोजनाले जनाएको छ । गौरीशङ्कर हिमाललाई आधार बनाइ निर्माण गरिएको गैरीशङ्कर संरक्षण क्षेत्र दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी तीन जिल्लामा फैलिएको छ ।

यो संरक्षण क्षेत्रमा विभिन्न प्रजातिका चराचुङ्गी तथा वन्यजन्तुको बासस्थान रहेको पाइन्छ । चीनको सीमा तथा हिमाली क्षेत्रसँग जोडिएकाले यस संरक्षण क्षेत्रमा गतवर्ष संरक्षित वन्यजन्तु हिमचितुवा फेला परेको थियो । हिमचितुवा तथा अन्य संरक्षित वन्यजन्तु संरक्षण क्षेत्रमा रहेको हुँदा उनीहरुको संरक्षणको लागि आयोजनाले अभियान सञ्चालन गर्दै आएको छ । 

संरक्षित पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीन महिना देखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पक्षीबाहेक अन्य पक्षी सिकार गरी मारेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह