३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईं जसरी श्वास फेर्नुहुन्छ, त्यसरी नै सोच्नुहुन्छ

१६ कार्तिक २०७८, मंगलवार ०२:३४

कात्तिक १६, काठमाडौं | श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भिन्न स्वरूपहरूमा बदलिन्छ । तपाईं रिसाउँदा, शान्त हुँदा, खुसी हुँदा वा निराश हुँदा, तपाईंको श्वासमा सोही अनुरूप सूक्ष्म परिवर्तनहरू हुन्छन् । तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईं सोही अनुरूप सोच्नुहुन्छ । अनि, तपाईं जुन रूपमा सोच्नुहुन्छ, सोही अनुरूप श्वास फेर्नुहुन्छ ।

आफ्नो शरीर र मनमा थुप्रै कामहरू गर्नको निम्ति, श्वासलाई साधनको रूपमा प्रयोग गर्न सकिन्छ । प्राणायाम एउटा विज्ञान हो, जहाँ सचेत भई निश्चित तरिकाले श्वास फेरिन्छ । यसले हाम्रो सोच्ने र महसुस गर्ने, कुनै पनि कुरालाई बुझ्ने अनि जीवनलाई अनुभव गर्ने तरिका नै बदल्न सक्दछ ।

अहिले प्रायः मानिसहरूले आफ्नो श्वासमा ध्यान दिने अभ्यास गरिरहेको पाइन्छ । यदि मैले तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनुहोस् भनेँ भने, तपाईंलाई यस्तो लाग्छ कि तपाईं आफ्नो श्वासमा ध्यान दिइरहनु भएको छ । तर, तपाईं हावाको गतिबाट उत्पन्न हुने संवेदना मात्रै महसुस गर्न सकिरहनु भएको हुन्छ । यो के जस्तो हो भने, जब कसैले तपाईंको हात स्पर्श गर्दछ, तपाईंलाई लाग्छ कि तपाईं अर्को व्यक्तिको स्पर्शलाई जान्नुहुन्छ । तर, वास्तवमा तपाईंले आफ्नै शरीरमा उत्पन्न हुने संवेदना वा अनुभूति मात्रै जान्नुभएको हुन्छ; अर्को व्यक्तिले कस्तो महसुस गरिरहेको छ भनेर जान्नुभएको हुँदैन ।

श्वास भनेको देवत्वको हात जस्तै हो । तपाईं यसलाई महसुस गर्नुहुन्न । यो हावाबाट उत्पन्न हुने संवेदना होइन । तपाईंको अनुभवमा नभएको त्यो श्वासलाई कुर्म नाडी भनिन्छ । यो तार जस्तै हो, जसले तपाईंलाई यो शरीरसँग बाँधेको हुन्छ— एउटा सग्लो तार, जुन निरन्तर चलिरहन्छ । यदि मैले तपाईंको श्वास खोसेँ भने, तपाईं र तपाईंको शरीर अलग-अलग हुनेछन्, किनकि जीव र शरीरलाई कुर्म नाडीले बाँधेको हुन्छ । यो एउटा ठूलो छल हो । यहाँ दुईजना छन्, तर एक भएको ढोँग गरिरहेका हुन्छन् । यो विवाह जस्तै हो— त्यहाँ दुईजना हुन्छन्, तर जब उनीहरू बाहिर आउँछन्, एक भएको नाटक गर्छन् ! यहाँ पनि दुईजना छन्, शरीर र जीवन, जो एक-अर्काको पूर्णतया विपरित हुन्, तर एक भएको ढोँग गर्दछन् ।

यदि तपाईं श्वास हुँदै आफूभित्र गहिराइसम्म, श्वासको सबैभन्दा गहिरो केन्द्रसम्म जानुभयो भने, यसले तपाईंलाई त्यस बिन्दुसम्म पुऱ्याउनेछ, जहाँ तपाईं वास्तवमा शरीरसँग बाँधिनुभएको हुन्छ । एकपटक जब तपाईं यो जान्नुहुन्छ कि तपाईं कहाँ र कसरी बाँधिनुभएको छ, तपाईंमा इच्छा भएमा त्यसलाई खोल्न सक्नुहुन्छ । तपाईं जति सजिलोसँग आफ्नो कपडा फुकाल्नु हुन्छ, त्यति नै सहजताले सचेत भई आफ्नो शरीर त्याग्न सक्नुहुन्छ । जब तपाईंलाई आफ्नो कपडा कहाँ बाँधिएको छ भनेर थाहा हुन्छ, तब त्यसलाई फुकाल्न सजिलो हुन्छ । जब तपाईं यो जान्नुहुन्न कि त्यो कहाँ बाँधिएको छ, तपाईंले त्यसलाई जतासुकै ताने पनि त्यो निस्किँदैन । तब, तपाईंले त्यसलाई च्यात्नुपर्ने हुन्छ । त्यसैगरी, जब तपाईंलाई आफ्नो शरीर कुन ठाउँमा आफूसँग बाँधिएको छ भनेर थाहा हुँदैन, अनि यदि तपाईं आफ्नो शरीर त्याग्न चाहनुहुन्छ भने, तपाईंले कुनै न कुनै रूपमा त्यसलाई क्षति पुऱ्याउनु पर्ने हुन्छ । तर, यदि तपाईंले यो शरीर कहाँ बाँधिएको छ भनेर जान्नुभयो भने, तपाईंले शरीरसँग स्पष्ट दुरी बनाउन सक्नुहुन्छ । जब तपाईं शरीर त्याग्न चाहनुहुन्छ, तब पूरै चेतन भई शरीरलाई त्याग्न सक्नुहुन्छ । जीवन एकदमै भिन्न हुन्छ ।

जब कसैले आफ्नो इच्छाले पूर्ण रूपमा शरीर त्याग गर्छन्, हामी यसलाई महासमाधि भन्दछौँ । सामान्यतया, यसैलाई मुक्ति वा मोक्ष भनिएको हो । यो समभावको यस्तो अवस्था हो, जहाँ सबैथोक बराबर हुन्छन्; शरीरभित्र जे छ र शरीरबाहिर जे छ, त्यसबीच कुनै अन्तर बाँकी रहँदैन । खेल समाप्त हुन्छ ।

हरेक योगीलाई यसको तीव्र चाहना हुन्छ । चाहे होसपूर्वक होस् वा बेहोसीमा, हरेक व्यक्ति यसैको लागि प्रयास गरिरहेको हुन्छ— मानिसहरू विस्तृत हुन वा फैलिन चाहन्छन्, अनि यो नै विस्तारको चरम रूप हो । कुरा यति मात्र हो कि मानिसहरू किस्ता-किस्तामा अनन्ततर्फ गइरहेका छन्, जुन निकै लामो र असम्भव प्रक्रिया हो । यदि तपाईंले १, २, ३, ४… गर्दै गन्दै जानुभयो भने, तपाईं गनेरै बसिरहनु हुनेछ— तपाईंको गणना कहिल्यै टुङ्गिँदैन । तपाईं कहिल्यै अनन्तसम्म पुग्नुहुने छैन । जब मनुष्यले यसरी अघि बढ्नुको व्यर्थता बुझ्दछ, तब अनन्तसम्म पुग्नको लागि ऊ स्वाभाविक रूपमा आफूभित्र फर्किन्छ— जहाँ, जीवनको प्रक्रियालाई शरीरबाट अलग्याइन्छ ।

-सद्‌गुरुको प्रवचनमा आधारित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था लगायत सेयर बजार बन्द रहने पर्सा प्रहरीले कफ्र्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरे इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा