५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडपाण्डा संरक्षणमा चुनौती

९ मंसिर २०७८, बिहीबार ०७:१९

मंसिर ९, जुम्ला, दिलमाया शाही | दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण रेडपाण्डा संरक्षणमा चुनौती देखिएको हो ।  

वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ । 

रेड पाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने संरक्षक  दिनेश घले बताउँछन् । ‘रेडपाण्डाको संरक्षणमा स्थानीय सरकार जिम्मेवार हुनैपर्छ’, उनी भन्छन् । 

सामुदायिक वन संरक्षणको कामअघि बढ्ने बित्तिकै रेडपाण्डाको संरक्षण हुने उनी आशावादी देखिए । ‘वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षण चुनौतिपूर्ण देखिएको छ’, संरक्षक घले भन्छन्, ‘रेडपाण्डाको चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेड पाण्डा असुरक्षित हुने गरेका छन् ।’

निगालोको टुसा र पात रेडपाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामाले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता