ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको बाघखोरमा १२ बर्ष पछि बाघ (फोटोफिचर)

२९ भाद्र २०७३, बुधबार १२:२६


ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ जात्रा निकालीएको छ । 

कृष्ण जन्माष्टमीको अघिल्लो दिन लाखे जात्रा निकालिए पछि शुरु हुने गाई जात्रा, भालु जात्रा, रोपाई जात्रा पछि बाघ जात्रा निकालिने प्रचलन रहि आए पनि १२ बर्ष पछि  मात्रै बाघ जात्रा डडेल्धुरा सदरमुकाम निकालिएको छ । 

अझै पनि ७५ प्रतिशत जंगल रहेको डडेल्धुरामा परापुर्वकालमा निकै घना जंगल भएकाले बाघले नागरिकलाई त्रसित पारे पछि आम नागरिकमा सचेतनाम फैलाउन बाघ जात्रा मनाउने प्रचलन रहेको स्थानियको भनाई छ । बाघले घर पालुवा जनावर संगै मानवलाई क्षति पु¥याएकाले बाघलाई लखेट्दै सचेतनाका लागी बाघ जात्रा मनाउने प्रचलन डडेल्धुरा सदरमुकाममा छ । 


हालको डडेल्धुरा बागबजारलाई पहिले बाघ खोर भनेर चिनिन्थ्यो । 

बाघ खोरमा बाघले नागरिकलाई त्रसित गरेका बेला सुरक्षा निकायको पहलमा स्थानियले बाघ लखेटेको सम्झनामा बाघ जात्रा मनाईने गरेको हो । प्रत्येक बर्ष गाँठेमंगलको समयमा बाघ जात्रा निकालिने स्थानिय सन्तोष जैरुले बताएका छन । 

बाघ जात्रामा एक जना व्यक्तिलाई बाघ बनाई बाघ लखेट्मा सहयोग पु¥याएको प्रहरी, सेना लगायत महिला पुरुष गरी बाजा बजाई बजार परिक्रम गरिने चलन छ । त्यही अनुरुप बागबजार क्षेत्रमा बुधबार बाघ जात्रा निकालिएको थियो । डडेल्धुरा सदरमुकाम बागबजारमा बाघ जात्रा हेर्नेको निकै घुईचो लागेको थियो ।

 

बाघ जात्रा निकालिएकोमा खुसि व्यक्त गर्दै स्थानियले पहिलेको जस्तो भव्यता नभएको गुनासो गरेका थिए । डडेल्धुरामा निकालिने बाघ जात्रामा पहिले सेनाको पहिरनमा जात्रामा संगलगंन नागरिक देखिने, महिलाहरु पनि बेलायती सेनाको पहिरनमा सजिने, बाजागाजाको पनि भिन्नै मौलिकता रहने भए पनि त्यसो हुन नसकेको स्थानियको गुनासो थियो । तर १२ बर्ष पछि जात्रा निकालिएकोमा भने खुसि व्यक्त गर्दै भव्यताको कमि महसुस भएको स्थानिय  एवं व्यवसायी श्याम भट्टले बताएका छन । 


पुर्खाले देखाउदै आएको बाघ जात्रा पछिल्लो समयमा लोप भएकाले आफ्नो कला संस्कृतीको जगर्ना गर्न १२ बर्ष पछि बाघ जात्रा देखाईएको कलाकार एवं स्थानिय श्याम सिनालले बताएका छन । उनले आउदा बर्षमा कला संस्कृती समिती गठन गरी लोप भएका जात्रा तथा संस्कृतीलाई औपचारिक रुपमा नै प्रदर्शन गरिने बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का