ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको बाघखोरमा १२ बर्ष पछि बाघ (फोटोफिचर)

२०७३, २९ भाद्र बुधबार १२:२६


ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ जात्रा निकालीएको छ । 

कृष्ण जन्माष्टमीको अघिल्लो दिन लाखे जात्रा निकालिए पछि शुरु हुने गाई जात्रा, भालु जात्रा, रोपाई जात्रा पछि बाघ जात्रा निकालिने प्रचलन रहि आए पनि १२ बर्ष पछि  मात्रै बाघ जात्रा डडेल्धुरा सदरमुकाम निकालिएको छ । 

अझै पनि ७५ प्रतिशत जंगल रहेको डडेल्धुरामा परापुर्वकालमा निकै घना जंगल भएकाले बाघले नागरिकलाई त्रसित पारे पछि आम नागरिकमा सचेतनाम फैलाउन बाघ जात्रा मनाउने प्रचलन रहेको स्थानियको भनाई छ । बाघले घर पालुवा जनावर संगै मानवलाई क्षति पु¥याएकाले बाघलाई लखेट्दै सचेतनाका लागी बाघ जात्रा मनाउने प्रचलन डडेल्धुरा सदरमुकाममा छ । 


हालको डडेल्धुरा बागबजारलाई पहिले बाघ खोर भनेर चिनिन्थ्यो । 

बाघ खोरमा बाघले नागरिकलाई त्रसित गरेका बेला सुरक्षा निकायको पहलमा स्थानियले बाघ लखेटेको सम्झनामा बाघ जात्रा मनाईने गरेको हो । प्रत्येक बर्ष गाँठेमंगलको समयमा बाघ जात्रा निकालिने स्थानिय सन्तोष जैरुले बताएका छन । 

बाघ जात्रामा एक जना व्यक्तिलाई बाघ बनाई बाघ लखेट्मा सहयोग पु¥याएको प्रहरी, सेना लगायत महिला पुरुष गरी बाजा बजाई बजार परिक्रम गरिने चलन छ । त्यही अनुरुप बागबजार क्षेत्रमा बुधबार बाघ जात्रा निकालिएको थियो । डडेल्धुरा सदरमुकाम बागबजारमा बाघ जात्रा हेर्नेको निकै घुईचो लागेको थियो ।

 

बाघ जात्रा निकालिएकोमा खुसि व्यक्त गर्दै स्थानियले पहिलेको जस्तो भव्यता नभएको गुनासो गरेका थिए । डडेल्धुरामा निकालिने बाघ जात्रामा पहिले सेनाको पहिरनमा जात्रामा संगलगंन नागरिक देखिने, महिलाहरु पनि बेलायती सेनाको पहिरनमा सजिने, बाजागाजाको पनि भिन्नै मौलिकता रहने भए पनि त्यसो हुन नसकेको स्थानियको गुनासो थियो । तर १२ बर्ष पछि जात्रा निकालिएकोमा भने खुसि व्यक्त गर्दै भव्यताको कमि महसुस भएको स्थानिय  एवं व्यवसायी श्याम भट्टले बताएका छन । 


पुर्खाले देखाउदै आएको बाघ जात्रा पछिल्लो समयमा लोप भएकाले आफ्नो कला संस्कृतीको जगर्ना गर्न १२ बर्ष पछि बाघ जात्रा देखाईएको कलाकार एवं स्थानिय श्याम सिनालले बताएका छन । उनले आउदा बर्षमा कला संस्कृती समिती गठन गरी लोप भएका जात्रा तथा संस्कृतीलाई औपचारिक रुपमा नै प्रदर्शन गरिने बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै