असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्न"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलले किन्दैछ टि्वटर (कति छ ट्विटरको मूल्य)

९ आश्विन २०७३, आईतवार ११:०६

असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्ने तयारी गर्दै गर्दा बिभिन्न कम्पनीहरुसँग छलफल चलाएको छ । टि्वटरको खरीदबिक्रिको छलफलमा सहभागी हुने कम्पनीहरुमध्ये गुगल पनि एक हो । सन् २०१३ यता टि्वटर कम्पनीको वृद्धिदर निकै सुस्त छ । 

रिपोर्ट अनुसार टि्वटरले आफ्नो कम्पनी बिक्रि गर्नका लागि अल्फाबेट मातहतको गुगलसँग कुराकानी गरिरहेको छ । टि्वटर कम्पनीको बजार मूल्य अहिले १६ अर्ब डलर रहेको छ । बिक्रि कतिमा गर्छ भन्ने कुरा भने किन्ने कम्पनी सँगको सम्झौता अनुसार हुनेछ । 

टि्वटरको खरीद बिक्रिका विषयमा वार्ता चलिरहेको खबर सार्वजनिक भएसँगै शुक्रबार टि्वटरको शेयर २० प्रतिशतले बढेको थियो र जसको कारण प्रति सेयर मूल्य २२.४६ डलर पुगेको थियो ।

विश्लेषकहरुका अनुसार गुगलको मातृ कम्पनी अल्फाबेटका लागि टि्वटर खरीद गर्नु सकारात्मक कदम हुनेछ । किनकी अहिलेसम्मका कैयन् कोसिसहरुका बाबजुत पनि गुगलले सोसल मिडियाको क्षेत्रमा खासै प्रगति गर्न सकिरहेको छैन ।

रिपोर्ट अनुसार टि्वटर कम्पनीको खरीद बिक्रिको सम्झौता २२ डलर प्रतिशेयर मूल्यमा हुनसक्दछ । सन् २०१३ मा पहिलोपटक शेयर जारी गर्दा टि्वटरको शेयर मूल्य २६ डलर थियो । आइपिओ जारी भएको एक महिनामै टि्वटरको शेयर मूल्य उकाशिएर ७४ डलर सम्म पुग्यो । तर त्यसपछि भने टि्वटरको शेयर मूल्य ओह्रालो लागिरह्यो र गत बुधबार १८.६३ डलर सम्ममा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द