असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं–तिहारमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस कलसहित भारी छुट

१३ आश्विन २०७३, बिहीबार ११:५४

असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ्वाइस तथा एसएमएस सेवा प्रदान गर्ने भएको हो ।  नेपाल टेलिकमले दिएका सुविधाहरु यसप्रकार छन् ।

डाटा अफर: जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ । 

आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एकसय एमबीको डाटा ५० रुपियाँ र २ सय ५० एमबीको डाटा एकसयमा उपलब्ध गराउने छ । एक सय एमबी डाटाको अवधि ५ दिन सम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । 

सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

नाइट डाटा अफर: टेलिकमले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराउने भएको छ । 

सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुने छ ।

भ्वाइस कलमा छुट: कम्पनीले जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ । 

सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराएको छ ।

एसएमएस अफर: जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

स्थानीय टेलिफोनमा थप सय कल निःशुल्क: कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा पीएसटीएन, सडिएिमएमा २ रुपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रुपैयाँमा थप एकसय लोकल कल उपलब्त्र गराउने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा एकसय कल थप गरी २७५ लोकल गर्न सकिने छ ।

एडीएसएल, वाइम्याक्स, एटीटीएच सेवामा भ्यालिडिटी थप: यी सेवाका ग्राहकलाई समय थप गरिने पनि कम्पनीले जनाएको छ । 

एडीएसएल र वाइम्याक्स ग्राहकको हकमा डाटा भोलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने भएको छ । सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने भएको छ ।

जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपोस सिस्टमबाट एक सय तथा त्योभन्दा वढी माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल