सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । 

यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । 

यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घो"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले नयाँ वर्षमा ल्याउदै छ यस्ता ६ फिचरहरु !

१२ पुष २०७३, मंगलवार ०९:२९

सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । 

यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस् वा भर्चुअल रियालिटी, सन् २०१७ मा यसमा आधारित विशेषता देख्न पाइनेछ ।  

लाइभ अडियोः सन् २०१७ मा फेसबुकमा लाइभ अडियोको सम्भावना हुनसक्ने विज्ञहरुको दाबी छ । अहिले लाइभ भिडियो स्ट्रिमिङजस्तै फेसबुकममा लाइभ अडियोको सन् २०१७ मा सुरु हुने अनुमान गरिएको छ ।

इभेन्ट्स मोमेन्ट्सः सन् २०१६ को डिसेम्बर २० तारिखमा फेसबुकले आधिकारिक रुपमा मार्केटिङ प्रोग्रामको लञ्च गरेको छ जसअनुसार मानिसहरुले आफ्नो जीवनमा घटित केही विशेष पल बारे कुरा गर्न सक्छन् र त्यससँग जोडिएका केही रमाइला घटना सेयर गर्न सक्नेछन् । यसका लागि एउटा विशेष प्रकारको डूडल तयार गरिएको छ जुन कार्यक्रमको हिसाबले कस्टमाइज गर्न सकिनेछ ।

फर्जी समाचारमाथि लगाम लगाउने व्यवस्थाः मार्क जुकरवर्गले फेसबुकमा फर्जी समाचारमाथि लगाम लगाउने जानकारी दिइसकेका छन् । यसका लागि केही गाइडलाइन जारी गरिएको छ र एउटा समूहले फर्जी खबरसँग जुध्नका लागि विशेष टुल्स बनाइरहेको छ । सन् २०१७ मा तपाईंले आफ्नो फेसबुक न्यूजफिडबाट फर्जी खबर नआओस् भन्ने चाहनुहुन्छ भने त्यसलाई हटाउनका लागि दिइएको अप्सनको प्रयोग गर्न सक्नुहुन्छ ।

भर्चुअल रियालिटी र फेसबुकः फेसबुकको सहयोगी कम्पनी अक्यूलसद्वारा बनाईको टच कन्ट्रोलरलाई सर्वश्रेष्ठ रियालिटी कन्ट्रोलर बताइएको छ । फेसबुकले अक्यूलसलाई खरिद गरेको थियो र सन् २०१७ मा फेसबुकको विशेषतामा यसको झलक देख्न सकिने अनुमान गरिएको छ ।

यो वर्ष फेसबुकले मेसेन्जरमा न्ष सपोर्ट दियो जसलाई प्रयोगकर्ताहरुद्वारा निकै रुचाइयो र मानिसहरुले यसको अत्यधिक प्रयोग गरिरहेका छन् । सन् २०१७ मा फेसबुक कमेन्टमा न्ष को सेवा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ । यसका लागि फेसबुकले न्ष्उजथ र च्षाकथ को सहायता लिनेछ जुन न्ष को विषयमा निकै चर्चित छ ।

आर्टिफिशियल इन्टेलिजेन्समा आधारित विशेषताः फेसबुक सिइओ मार्क जुकरबर्ग आर्टिफिशियल इन्टेलिजेन्सका प्रशंसक हुन् । यसै कारण उनले जार्विस नामको आर्टिफिशियल इन्टेलिजेन्सको डेमो जारी गरे । यसका लागि हलिउड नायक मोर्गन फ्रिमेनले आवाज दिए ।

सन् २०१७ मा फेसबुकमा आर्टिफिशियल इन्टेलिजेन्समा आधारित ‘शेयर्ड एल्बम’ भन्ने विशेषता आउन सक्छ । अर्थात, तपाईंको भिन्न समयमा खिचिएका तस्बिरलाई मेसिन लर्निङमार्फत त्यसै समयको हिसाबले संगठित गरिनेछ र त्यहाँबाट तपाईं एल्बम बनाएर सिधै फेसबुकमा सेयर गर्नसक्नुहुन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली