सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । 

यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । 

यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घो"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले नयाँ वर्षमा ल्याउदै छ यस्ता ६ फिचरहरु !

२०७३, १२ पुष मंगलवार ०९:२९

सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् । 

यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस् वा भर्चुअल रियालिटी, सन् २०१७ मा यसमा आधारित विशेषता देख्न पाइनेछ ।  

लाइभ अडियोः सन् २०१७ मा फेसबुकमा लाइभ अडियोको सम्भावना हुनसक्ने विज्ञहरुको दाबी छ । अहिले लाइभ भिडियो स्ट्रिमिङजस्तै फेसबुकममा लाइभ अडियोको सन् २०१७ मा सुरु हुने अनुमान गरिएको छ ।

इभेन्ट्स मोमेन्ट्सः सन् २०१६ को डिसेम्बर २० तारिखमा फेसबुकले आधिकारिक रुपमा मार्केटिङ प्रोग्रामको लञ्च गरेको छ जसअनुसार मानिसहरुले आफ्नो जीवनमा घटित केही विशेष पल बारे कुरा गर्न सक्छन् र त्यससँग जोडिएका केही रमाइला घटना सेयर गर्न सक्नेछन् । यसका लागि एउटा विशेष प्रकारको डूडल तयार गरिएको छ जुन कार्यक्रमको हिसाबले कस्टमाइज गर्न सकिनेछ ।

फर्जी समाचारमाथि लगाम लगाउने व्यवस्थाः मार्क जुकरवर्गले फेसबुकमा फर्जी समाचारमाथि लगाम लगाउने जानकारी दिइसकेका छन् । यसका लागि केही गाइडलाइन जारी गरिएको छ र एउटा समूहले फर्जी खबरसँग जुध्नका लागि विशेष टुल्स बनाइरहेको छ । सन् २०१७ मा तपाईंले आफ्नो फेसबुक न्यूजफिडबाट फर्जी खबर नआओस् भन्ने चाहनुहुन्छ भने त्यसलाई हटाउनका लागि दिइएको अप्सनको प्रयोग गर्न सक्नुहुन्छ ।

भर्चुअल रियालिटी र फेसबुकः फेसबुकको सहयोगी कम्पनी अक्यूलसद्वारा बनाईको टच कन्ट्रोलरलाई सर्वश्रेष्ठ रियालिटी कन्ट्रोलर बताइएको छ । फेसबुकले अक्यूलसलाई खरिद गरेको थियो र सन् २०१७ मा फेसबुकको विशेषतामा यसको झलक देख्न सकिने अनुमान गरिएको छ ।

यो वर्ष फेसबुकले मेसेन्जरमा न्ष सपोर्ट दियो जसलाई प्रयोगकर्ताहरुद्वारा निकै रुचाइयो र मानिसहरुले यसको अत्यधिक प्रयोग गरिरहेका छन् । सन् २०१७ मा फेसबुक कमेन्टमा न्ष को सेवा उपलब्ध हुनसक्ने अनुमान गरिएको छ । यसका लागि फेसबुकले न्ष्उजथ र च्षाकथ को सहायता लिनेछ जुन न्ष को विषयमा निकै चर्चित छ ।

आर्टिफिशियल इन्टेलिजेन्समा आधारित विशेषताः फेसबुक सिइओ मार्क जुकरबर्ग आर्टिफिशियल इन्टेलिजेन्सका प्रशंसक हुन् । यसै कारण उनले जार्विस नामको आर्टिफिशियल इन्टेलिजेन्सको डेमो जारी गरे । यसका लागि हलिउड नायक मोर्गन फ्रिमेनले आवाज दिए ।

सन् २०१७ मा फेसबुकमा आर्टिफिशियल इन्टेलिजेन्समा आधारित ‘शेयर्ड एल्बम’ भन्ने विशेषता आउन सक्छ । अर्थात, तपाईंको भिन्न समयमा खिचिएका तस्बिरलाई मेसिन लर्निङमार्फत त्यसै समयको हिसाबले संगठित गरिनेछ र त्यहाँबाट तपाईं एल्बम बनाएर सिधै फेसबुकमा सेयर गर्नसक्नुहुन्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह