पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नया"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु (यस्तो छ बिशेषता)

१७ पुष २०७३, आईतवार ०४:५९

पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौँ र पोखराबाट सुरु हुँदैछ ।

नयाँ बर्ष सुरुवात भएसँगै टेलिकमले यो सेवा काठमाडौंका झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले उपभोग गर्न पाउनेछन् । त्यस लगत्तै फोर जी सेवा अरु शहरमा पनि बिस्तार गरिने टेलिकमको योजना छ । यो सेवा शुरु भएपछि मोबाइलबाट अहिलेको भन्दा अति स्पिड इन्टरनेट चलाउन सकन्छ । साथै देश-विदेशमा भएका आफन्तसँग सहज रुपमा भिडियो चाट, फाइल ट्रान्सफर, आवश्यक फाइलहरु डाउनलोड तथा अपलोड, फेसबुक तथा ट्विटरबाट राम्रो क्वालिटीको भिडियो सहितको लाइभ प्रसारण आदि गर्न सकिनेछ ।

टेलिकमको फोरजी इन्टरनेटको स्पिड प्रतिसेकेण्ड ३५ एमबीको हुनेछ यसको मतलव अब टेलिकमको इन्टरनेटबाट प्रति सेकेन्ड ३५ एमबिसम्म डाउनलोड तथा अपलोड गर्न सकिनेछ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् । 

यो सेवा प्रयोग गर्न कम्प्याटेवल सिमको आवश्यकता पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।

फोर जी सेवा लिनका लागि मोबाइल सेट पनि फोर जी सपोर्ट गर्ने खालको हुन्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । बिशेष गरि अहिले बजारमा नयाँ आएका स्मार्टफोनमा फोरजी चलाउन सकिन्छ । तत्कालको लागि नेपालमा आइफोनमा समेत यो सेवा चलाउन सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’