पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नया"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु (यस्तो छ बिशेषता)

२०७३, १७ पुष आईतवार ०४:५९

पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौँ र पोखराबाट सुरु हुँदैछ ।

नयाँ बर्ष सुरुवात भएसँगै टेलिकमले यो सेवा काठमाडौंका झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले उपभोग गर्न पाउनेछन् । त्यस लगत्तै फोर जी सेवा अरु शहरमा पनि बिस्तार गरिने टेलिकमको योजना छ । यो सेवा शुरु भएपछि मोबाइलबाट अहिलेको भन्दा अति स्पिड इन्टरनेट चलाउन सकन्छ । साथै देश-विदेशमा भएका आफन्तसँग सहज रुपमा भिडियो चाट, फाइल ट्रान्सफर, आवश्यक फाइलहरु डाउनलोड तथा अपलोड, फेसबुक तथा ट्विटरबाट राम्रो क्वालिटीको भिडियो सहितको लाइभ प्रसारण आदि गर्न सकिनेछ ।

टेलिकमको फोरजी इन्टरनेटको स्पिड प्रतिसेकेण्ड ३५ एमबीको हुनेछ यसको मतलव अब टेलिकमको इन्टरनेटबाट प्रति सेकेन्ड ३५ एमबिसम्म डाउनलोड तथा अपलोड गर्न सकिनेछ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् । 

यो सेवा प्रयोग गर्न कम्प्याटेवल सिमको आवश्यकता पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।

फोर जी सेवा लिनका लागि मोबाइल सेट पनि फोर जी सपोर्ट गर्ने खालको हुन्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । बिशेष गरि अहिले बजारमा नयाँ आएका स्मार्टफोनमा फोरजी चलाउन सकिन्छ । तत्कालको लागि नेपालमा आइफोनमा समेत यो सेवा चलाउन सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते