१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब आइफोनमा पनि टेलिकमको फोर जी चल्ने

२५ माघ २०७३, मंगलवार ११:५८

माघ २५, काठमाडौं । पाल टेलिकमले सञ्चालन गरिरहेको फोरजी एलटिई सेवा मंगलबारदेखि सवै सिरिजका आइफोनका सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ ।

यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हु सकेको थिएन ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले आइफोनहरुका सबै सिरिजमा फोर जी चल्ने जानकारी दिएकी छन । नेपाल टेलिकमले फोर जी सेवा सञ्चालन आरम्भ गर्नु अगावै देखि एप्पल कम्पनीका सवै मोवाइल फोन सेटहरुमा पनि यो सेवा प्रयोग गर्न सकिने व्यवस्था गर्न उक्त कम्पनीलाई आग्रह गरेपछि सो कम्पनीले आगामी मार्च महिना देखि सो व्यवस्था गर्ने योजना भएको जानकारी गराएको थियो ।

नेपाल टेलिकमले २०७३ पौष १७ गते देखि काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा २०७३ माघ २२ गते देखि काठमाडौ र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

यसरि सुचारु गर्न सकिन्छ फोर जी सेवा 

iPhone 6, 6+,7, 7+ Series का फोन सेटमा 4G/LTE सेवा सञ्चालन गर्नको लागि ब्उउभि कम्पनीको वेवसाइट https://beta.apple.com/ र मा उपलब्ध निर्देशन अनुसार आप्नो फोनको Back up लिई Profile download गर्नुपर्ने हुन्छ ।

त्यसपछि General >Setting>Software update मा गई Beta Version download गर्न सकिन्छ र iPhone 6 तथा सो माथिका Series मा नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका