माघ २६, काठमाडौँ | सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्वन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २६, काठमाडौँ | सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्वन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल "/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशी विज्ञापन नेपालमा बन्द गराउने नीति कार्यान्वयनबारे छलफल

२६ माघ २०७३, बुधबार १२:५४

माघ २६, काठमाडौँ | सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको उपस्थितिमा विज्ञापनरहित नीति, २०७३ कार्यान्वयन सम्वन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा आज छलफल भएको छ । 

नेपालमा हेरिने बिदेशी टेलिभिजन च्यानलले विदेशका विज्ञापन प्रसारण गर्न नपाउने नीतिको बिषयमा छलफल भएको हो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल विज्ञापन सङ्घका प्रतिनिधि, आम सञ्चार नीति कार्यान्वयन सुझाव समितिका सदस्य, नेपाल केवल टेलिभिजन महासङ्घलगायतका सरोकारवालाको उपस्थिति थियो । 

बिज्ञापन रहित नीतिका बारेमा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले प्रस्तुती दिएका थिए । उक्त अवसरमा मन्त्री कार्कीले विज्ञापनरहित नीति, २०७३ लागु गर्ने प्रक्रिया सरोकारवालासँग नियमित छलफल गर्दै अगाडि बढाउने जानकारी गराउनुभयो । 

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बिज्ञापन रहित नीति नेपालको हितमा रहेको भन्दै प्राविधिक तयारीसहित नीति कार्यान्वयन गर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल