Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानको शिवजन विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १, सल्यान । एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ ।

शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन सकिँदो रहेछ । आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई पहिलो चरणमा इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छौँ ।”

कक्षाकोठामै आएर शिक्षकले पढाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्न समेत सो प्रविधि सफल भएको माविका संयोजक विजय केसीले जानकारी दिनुभयो । विदेशबाट प्रविधिको प्रयोग गरी पढाउन थालेपछि विद्यार्थीमा पनि आकर्षण बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – पहिले पहिले कक्षामा खासै विद्यार्थीको सहभागिता हुँदैनथ्यो तर इन्टरनेटको माध्यमबाट विदेशबाट पढाइ हुन थालेपछि पूरै विद्यार्थी नियमित आउन थालेका छन् । शिक्षकले कक्षामा आएर पढाउनेभन्दा श्रव्यदृश्यबाट पढाउँदा बढी प्रभावकारी र सहज भएको केसीले बताउनुभयो ।

पूर्व सांसद् तथा खलङ्गा निवासी नेत्रलाल श्रेष्ठले विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएपछि पढाउन सम्भव भएको विद्यालयको भनाइ छ । रासस