२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर अल-इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

५ मंसिर २०८१, बुधबार १६:३९

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ । एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री तथा प्राइम टाइम्स टेलिभिजनका प्रबन्ध निर्देशकका रूपमा विभिन्न सामाजिक अभियानहरूका लागि परिचित व्यक्तित्व हुन् ।

ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो । एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो ।

जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ । जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभिहरूभन्दा छुट्टै स्तरमा रहेको छ ।

यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ-रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ ।

ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध छ । जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो-रेन्जको इलेक्ट्रिक एसयुभिहरूको लाइनअपमा थपिएको नयाँ एसयुभि हो ।

नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली