१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

ट्रम्पले मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क हटाए

३१ चैत्र २०८१, आईतवार १०:१८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका छन् ।

अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो ।

अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी)ले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ ।
यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो ।

तर ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ (पेन ड्राइभ), मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको बीबीसीले जनाएको छ । यस्ता अधिकांश इलेक्ट्रोनिक उपकरणहरु चीनमा बन्ने गर्दछन् र ती अमेरिकामा पनि आयात हुने गर्दछन् ।

शुल्क वृद्धिको घोषणा कार्यान्वयनमा आउँदा चीनबाट अमेरिकामा पुग्ने इलेक्ट्रोनिक उपकरणहरुको मूल्य बढ्ने अनुमान थियो । तर ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाउने निर्णय गरेपछि यसबाट सबैभन्दा बढी राहत एप्पल कम्पनीलाई हुने अनुमान छ ।

किनभने चीनबाट अमेरिका आयात हुने वस्तुहरुमा १४५ प्रतिशत शुल्क बढाउँदा १ हजार डलरको आइफोनमा लगभग ७०० डलरसम्म इम्पोर्ट ट्याक्स लाग्ने अवस्था थियो । मिडिया रिपोर्टका अनुसार ९० प्रतिशत आइफोन चीनमा बन्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार