२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै पहिलोपटक अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा आयो

२०७४, ५ भाद्र सोमबार ११:०६


भदौ ५, काठमाडौँ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । 

दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत पाएका हुन् । 

विश्व नेत्रहीन युनियनका अनुसार नेपालजस्ता विकाशोन्मुख देशमा जम्मा एक प्रतिशत छापाका सामग्रीमा मात्र दृष्टिविहीनको पहुँच रहेको छ । नेपाल नेत्रहीन सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सो सफ्टवेयर सार्वजनिक गर्नुभयो । सोही दूतावासको रु २४ लाखको आर्थिक सहयोगमा दृष्टिविहीनका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले सो सफ्टवेयर विकास गर्नुभएको हो । 

सो सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रूपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई सुन्न सक्ने बनाउँछ । साथै सुनेका टेक्सलाई ब्रेल लिपिमा प्रिन्टसमेत गर्न सकिने छ । 

यस सफ्टवेयरले दृष्टिविहीनको शिक्षाका लागि नयाँ अध्यायको शुरुवातसमेत भएको छ । नेपाली देवनागरिक भाषाका छापिएका पत्रपत्रिका, पुस्तक, चिठीपत्र तथा अन्य पाठ्यसामग्रीमा सहज पहुँचसमेत भएको छ । यसअघि उनीहरुको सार्वजनिक ती सूचनाका माध्यम अथवा पाठ्यपुस्तकमा या त पढिदिनका लागि देख्नेमान्छेको सहायता लिनुपथ्र्याे अथवा चुपचाप लागेर बस्नुपथ्र्यो । 

सार्वजनिक कार्यक्रममा सङ्घका अध्यक्ष रमेश पोखरेलले भन्नुभयो, “दृष्टिविहीनले पनि संविधान, सार्वजनिक सूचना तथा छापाका सामग्री सुन्न र छामेर अध्ययन गर्न पाउने भए, योभन्दा खुशी अरु के होला” भन्नुभयो । 

पछिल्लो जनगणनाअनुसार नेपालमा दृष्टिविहीनको संख्या ९५ हजार रहेको छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी ४०० दृष्टिविहीन शिक्षक कार्यरत रहेको सङ्घले जनाएको छ । 

राजदूत बडले सीमान्तकृत वर्ग तथा अपांगलाई सार्वजनिक सूचनाको पहुँचमा ल्याउँदै उनीहरुको आर्थिक तथा सामाजिक जीवनलाई माथि उठाउन सफ्टवेयर निर्माणमा सहयोग गरेको जानकारी दिँदै दृष्टिविहीनका लागि यो कोशेढुंगासावित हुने विश्वास व्यक्त गर्नुभयो । 

सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले दृष्टिविहीनका चौतर्फी वृत्ति विकासमा सफ्टवेयर महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै यसले नयाँ युगमा प्रवेश गरेको धारणा व्यक्त गर्नुभयो । 

सफ्टवेयर निर्माण कार्यदलका प्रमुख प्रा डा बलले यसका बारेमा जानकारी दिँदै देवनागरिक लिपि रहेका सामग्रीलाई सुन्न तथा ब्रेल लिपिमा अध्ययन गर्न यसले ढोका खुला गरेको छ भन्नुभयो । 

कार्यक्रममा नेपाल अपांग महासङ्घका महासचिव राजु बस्नेत, गुगलका नेपाल प्रतिनिधि सरोज ढकाल, शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले दृष्टिविहीनलाई यस सफ्टवेयरका माध्यमले शिक्षा र सूचनामा थप पहुँच पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सङ्घका सल्लाहकार वीरेन्द्रराज पोखरेलले दृष्टिविहीनलाई आधुनिक सूचना प्रविधिको संसारमा सफ्टवेयरले प्रवेश गराउने काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना