२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै पहिलोपटक अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा आयो

५ भाद्र २०७४, सोमबार ११:०६


भदौ ५, काठमाडौँ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । 

दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर (ओसिआर) प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत पाएका हुन् । 

विश्व नेत्रहीन युनियनका अनुसार नेपालजस्ता विकाशोन्मुख देशमा जम्मा एक प्रतिशत छापाका सामग्रीमा मात्र दृष्टिविहीनको पहुँच रहेको छ । नेपाल नेत्रहीन सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले सो सफ्टवेयर सार्वजनिक गर्नुभयो । सोही दूतावासको रु २४ लाखको आर्थिक सहयोगमा दृष्टिविहीनका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले सो सफ्टवेयर विकास गर्नुभएको हो । 

सो सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रूपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई सुन्न सक्ने बनाउँछ । साथै सुनेका टेक्सलाई ब्रेल लिपिमा प्रिन्टसमेत गर्न सकिने छ । 

यस सफ्टवेयरले दृष्टिविहीनको शिक्षाका लागि नयाँ अध्यायको शुरुवातसमेत भएको छ । नेपाली देवनागरिक भाषाका छापिएका पत्रपत्रिका, पुस्तक, चिठीपत्र तथा अन्य पाठ्यसामग्रीमा सहज पहुँचसमेत भएको छ । यसअघि उनीहरुको सार्वजनिक ती सूचनाका माध्यम अथवा पाठ्यपुस्तकमा या त पढिदिनका लागि देख्नेमान्छेको सहायता लिनुपथ्र्याे अथवा चुपचाप लागेर बस्नुपथ्र्यो । 

सार्वजनिक कार्यक्रममा सङ्घका अध्यक्ष रमेश पोखरेलले भन्नुभयो, “दृष्टिविहीनले पनि संविधान, सार्वजनिक सूचना तथा छापाका सामग्री सुन्न र छामेर अध्ययन गर्न पाउने भए, योभन्दा खुशी अरु के होला” भन्नुभयो । 

पछिल्लो जनगणनाअनुसार नेपालमा दृष्टिविहीनको संख्या ९५ हजार रहेको छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी ४०० दृष्टिविहीन शिक्षक कार्यरत रहेको सङ्घले जनाएको छ । 

राजदूत बडले सीमान्तकृत वर्ग तथा अपांगलाई सार्वजनिक सूचनाको पहुँचमा ल्याउँदै उनीहरुको आर्थिक तथा सामाजिक जीवनलाई माथि उठाउन सफ्टवेयर निर्माणमा सहयोग गरेको जानकारी दिँदै दृष्टिविहीनका लागि यो कोशेढुंगासावित हुने विश्वास व्यक्त गर्नुभयो । 

सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले दृष्टिविहीनका चौतर्फी वृत्ति विकासमा सफ्टवेयर महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै यसले नयाँ युगमा प्रवेश गरेको धारणा व्यक्त गर्नुभयो । 

सफ्टवेयर निर्माण कार्यदलका प्रमुख प्रा डा बलले यसका बारेमा जानकारी दिँदै देवनागरिक लिपि रहेका सामग्रीलाई सुन्न तथा ब्रेल लिपिमा अध्ययन गर्न यसले ढोका खुला गरेको छ भन्नुभयो । 

कार्यक्रममा नेपाल अपांग महासङ्घका महासचिव राजु बस्नेत, गुगलका नेपाल प्रतिनिधि सरोज ढकाल, शिक्षा विभागका उपनिर्देशक गणेश पौडेलले दृष्टिविहीनलाई यस सफ्टवेयरका माध्यमले शिक्षा र सूचनामा थप पहुँच पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सङ्घका सल्लाहकार वीरेन्द्रराज पोखरेलले दृष्टिविहीनलाई आधुनिक सूचना प्रविधिको संसारमा सफ्टवेयरले प्रवेश गराउने काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य