2026-10-10 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र

काठमाडौँ | फिल्म ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा दुई पुरुष छन्। एकजना राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन्। उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत छन्। यी दुवै चरित्रमा देखिएका कलाकार पल शाह हुन्। पोस्टरमा देखिएका उनकाे क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक परिच्छेद सेनले फिल्मलाई कथा मात्र नभएर समाज र सत्ता दुबैको अँध्यारो मानसिकताको प्रतिबिम्ब रहेकाे बताएका छन्। ‘भनिन्छ जीवन एउटा उपहार हो, तर मान्छेहरुले यसलाई कहिलेकाहीँ सजाय बनाईदिन्छ्न। यो फिल्म केवल एउटा कथा होइन। यो त बाँचेर पनि पटक पटक मर्न बाध्य पार्ने यो समाज र सत्ता दुवैको अँध्यारो मानसिकताको प्रतिबिम्ब हो। उनले लेखेका छन् ‘संसारको क्रुरता भित्रको अन्यायपूर्ण संरचनाको ऐना हो। यो त सपना, संघर्ष र भावनाको एउटा जीवन यात्रा हो। यो आत्माको अभिव्यक्ति र हृदयको भाषा हो।’

फिल्मको स्लोगन पनि ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ।

फिल्म आगामी वर्ष २०८२ सालकाे फूलपातीमा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन्। निर्देशक सेनकै लेखन रहने फिल्ममा टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबी खड्काले लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने