भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहे"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको मोदीवेणी घाटमा शवको व्यवस्थापन नहुँदा दुर्गन्धित

१६ भाद्र २०७४, शुक्रबार १०:२४

भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो । 

पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले शव नजलाइकन ढुंगाको थुप्रोले छोपेर हिँड्ने प्रचलन रहेको छ । 

दैनिकजसो दुईदेखि पाँचवटासम्म शव अन्तिम दाहसंस्कारका लागि मोदीवेणीमा ल्याउने गरिन्छ । त्यहाँ ल्याइएका शव कतिपयले नजलाइकन ढुंगाले छोपेर छाड्ने गरेका कारण सो स्थानमा दुर्गन्ध फैलिएको हो । 

विशेष गरी दशनामी समुदायका व्यक्तिको शव आगोले नजलाई ढुंगाले पुरेर छाड्ने गरेको पाइएको छ । त्यस्तै आर्थिक अभाव र जनशक्ति नभएकाहरुले पनि बेवारिसे अवस्थामा घाटसम्म लगेर त्यत्तिकै छाडिदिने गरेका छन् । 

पवित्र कालीगण्डकीको किनारमा शवको अधिकांश भाग देखिनेगरी ढुंगाले छोप्ने र विस्तारै कुहिँदै जाँदा दुर्गन्ध आउने गरेको दाहसंस्कारमा जाने मलामीको भनाइ छ । 

ब्राह्मण, क्षेत्री, दलित तथा जनजाति समुदायले शव जलाउने गरेको भए पनि दशनामी समुदायका शव भने त्यत्तिकै पुरेर छाड्ने गरिएको छ । राम्रोसँग नपुर्दा र वर्षायाममा आएको बाढीले छोपिएको शवलाई समेत बाहिर निकाल्दा दाहसंस्कारका लागि जानेहरुलाई दुर्गन्धका कारण समस्या पर्ने गरेको ठूलीपोखरीका ढाकाराम सापकोटाले गुनासो गर्नुभयो । 

नजलाउने प्रचलन भए पनि राम्रोसँग खाडल खनेर गाड्नुपर्छ अन्यथा यसबाट फैलिएको दुर्गन्धले विभिन्न रोग फैलन सक्छ उहाँले भन्नुभयो । 

त्यस्तै स्थानीय वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाले नजलाइएका शव विस्तारै कुहिँदै जाँदा दुर्गन्ध फैलने गरेको बताएका छन् । आफूहरुले पटक पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गरेको भए पनि कतिपयले अटेर गरेको एक वृद्धाले बताउनुभयो । टाढाटाढा त यो गन्ध पुग्दैन तर हामी घाट नजिकै बस्नेका लागि निकै समस्या भएको छ उहाँले भन्नुभयो यसका लागि सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्छ । 

यसबारे मोदीवेणी धाम संरक्षण समितिसमेत मौन बसेको छ । शवलाई व्यवस्थित तरिकाले खाडल खनेर पुर्न वा जलाउन आग्रह गरे पनि कतिपय समुदायले अटेर गरेको समितिको भनाइ छ । दैनिकजसो ल्याउने शवलाई जलाउने र नजलाउने छुट्याएर व्यवस्थित रुपले खाल्टोमा पुर्नका लागि पहल गरिने समितिका अध्यक्ष गोपालदास बैरागीले जानकारी दिनुभयो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह