2026-09-13 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको डिजिटल शाखा ‘जियो प्लेटफर्म्स’ले सेट-टप बक्स प्रयोगकर्ताका लागि एउटा नयाँ भर्चुअल डेस्कटप सेवा सुरु गरेको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारतका लाखौं टिभी सेटलाई कम्प्युटर (पीसी) मा परिणत गर्ने उद्देश्यका साथ यस्तो सेवा सुरु गरिएको हो ।

‘जियोपीसी’ नाम दिइएको यो सेवाले जियोको सेट-टप बक्समार्फत क्लाउडमा आधारित कम्प्युटरको अनुभव प्रदान गर्ने बताइएको छ । जियोको होम ब्रोडब्यान्ड सेवाका ग्राहकले यो सेटअप बक्स निःशुल्क पाउँछन् । तर, छुट्टै खरिद गर्नका लागि पाँच हजार ४९९ भारु (८,८०० नेपाली रुपैयाँ) तिर्नुपर्ने हुन्छ । हाल यो सेवा निःशुल्क परीक्षणको चरणमा छ भने ‘वेटलिस्ट’ मार्फत सीमित ग्राहकलाई उपलब्ध गराउन थालिएको छ ।

 

यसका लागि सबैभन्दा पहिले वेटलिस्टमा रहेका प्रयोगकर्तालाई कम्पनीले छनोट गर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो अकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ । यससँगै किबोर्ड र माउस जोडेपछि आफ्नो टिभीमा भर्चुअल डेस्कटप चलाउन सकिनेछ ।

हाल यो सेवामा केही सीमितता छन् । यसले क्यामेरा र प्रिन्टर जस्ता बाह्य डिभाइसलाई सपोर्ट गर्दैन । सफ्टवेयरको कुरा गर्दा यसमा ओपन सोर्स लिब्रेअफिस पहिले नै इन्स्टल गरिएको हुन्छ । यदि प्रयोगकर्ताले माइक्रोसफ्ट अफिसका एप चलाउनु परेमा उनीहरूले ब्राउजर मार्फत चलाउनुपर्ने हुन्छ ।

यी सीमितताका बाबजुद पनि अम्बानीको ‘जियोपीसी’ को योजना कम्तिमा पनि सैद्धान्तिक रूपमा निकै आकर्षक देखिन्छ । काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकले टेकक्रन्चलाई बताए अनुसार जियोपीसी मुम्बईस्थित जियो कम्पनीको लागि आफ्नो प्रयोगकर्ता सङ्ख्या बढाउने एक प्रभावकारी तरिका हो । जियोका प्रयोगकर्ता अहिले नै ४८ करोड ८० लाखभन्दा बढी छन् ।

पाठकका अनुसार करिब ७० प्रतिशत भारतीय परिवारमा टिभी छ । तर केवल १५ प्रतिशतसँग मात्र पीसी छ ।

कम्प्युटरको अनुभव गर्न नपाएका परिवारका लागि यो आकर्षक अवसर हो । तर, जियोलाई यो सेवाको मार्केटिङ र प्रयोगबारे बुझाउन निकै मिहिनेत गर्नुपर्ने उनी सुनाउँछन् । उनले भने, “तपाईंले मानिसलाई सेट-टप बक्स प्रयोग गरेर टिभीमै पीसी चलाउन सकिन्छ भनेर विश्वस्त पार्नुपर्छ ।”

सरकारी तथ्याङ्क अनुसार भारतमा हाल करिब पाँच करोड ७० लाख सक्रिय ‘पे-टिभी’ (शुल्क तिरेर हेरिने) सेट-टप बक्स प्रयोगकर्ता छन् । तर, इन्टरनेटको सहज पहुँचसँगै परम्परागत ‘डाइरेक्ट-टु-होम’ (डीटीएच) टिभी बजार खुम्चिँदै गएको छ ।

साइबर मिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामका अनुसार जियोपीसीमार्फत जियोले ग्रामीण र कम आय भएका क्षेत्रमा नयाँ सेट-टप बक्स प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ । उनले टेकक्रन्चलाई भने, “यसको सम्भावित प्रभाव धेरै व्यापक हुन सक्छ । तर यसको सफलता मुख्य रूपमा कार्यान्वयनमा निर्भर रहनेछ । विशेषगरी इन्टरनेट कनेक्टिभिटीको समस्या समाधान गर्न सक्नु र नागरिकमा डिजिटल साक्षरता बढाउन सक्नु महत्त्वपूर्ण हुनेछ । यदि यी पक्षमा सुधार गर्न सकिएन भने राम्रो योजना भएर पनि यो काम सफल नहुन सक्छ ।”

आईडीसी‍का अनुसार भारतमा पीसीको पहुँच अमेरिका र चीन जस्ता प्रमुख बजारको तुलनामा अझै पनि कम छ । यसको मुख्य कारण सीमित खर्चयोग्य आय र स्मार्टफोनलाई नै मुख्य कम्प्युटिङ उपकरणको रूपमा प्रयोग गरिनु हो ।

रामका अनुसार माइक्रोसफ्ट र अन्य धेरै क्लाउड प्रदायकले व्यावसायिक ग्राहकलाई लक्षित गरी भर्चुअल डेस्कटप सेवा पहिलेदेखि नै दिंदै आएका छन् । तर, जियोको यो कदम आम उपभोक्तालाई लक्षित गरिएको पहिलो गम्भीर प्रयास हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले