2026-11-01 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको डिजिटल शाखा ‘जियो प्लेटफर्म्स’ले सेट-टप बक्स प्रयोगकर्ताका लागि एउटा नयाँ भर्चुअल डेस्कटप सेवा सुरु गरेको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारतका लाखौं टिभी सेटलाई कम्प्युटर (पीसी) मा परिणत गर्ने उद्देश्यका साथ यस्तो सेवा सुरु गरिएको हो ।

‘जियोपीसी’ नाम दिइएको यो सेवाले जियोको सेट-टप बक्समार्फत क्लाउडमा आधारित कम्प्युटरको अनुभव प्रदान गर्ने बताइएको छ । जियोको होम ब्रोडब्यान्ड सेवाका ग्राहकले यो सेटअप बक्स निःशुल्क पाउँछन् । तर, छुट्टै खरिद गर्नका लागि पाँच हजार ४९९ भारु (८,८०० नेपाली रुपैयाँ) तिर्नुपर्ने हुन्छ । हाल यो सेवा निःशुल्क परीक्षणको चरणमा छ भने ‘वेटलिस्ट’ मार्फत सीमित ग्राहकलाई उपलब्ध गराउन थालिएको छ ।

 

यसका लागि सबैभन्दा पहिले वेटलिस्टमा रहेका प्रयोगकर्तालाई कम्पनीले छनोट गर्छ । त्यसपछि प्रयोगकर्ताले आफ्नो अकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ । यससँगै किबोर्ड र माउस जोडेपछि आफ्नो टिभीमा भर्चुअल डेस्कटप चलाउन सकिनेछ ।

हाल यो सेवामा केही सीमितता छन् । यसले क्यामेरा र प्रिन्टर जस्ता बाह्य डिभाइसलाई सपोर्ट गर्दैन । सफ्टवेयरको कुरा गर्दा यसमा ओपन सोर्स लिब्रेअफिस पहिले नै इन्स्टल गरिएको हुन्छ । यदि प्रयोगकर्ताले माइक्रोसफ्ट अफिसका एप चलाउनु परेमा उनीहरूले ब्राउजर मार्फत चलाउनुपर्ने हुन्छ ।

यी सीमितताका बाबजुद पनि अम्बानीको ‘जियोपीसी’ को योजना कम्तिमा पनि सैद्धान्तिक रूपमा निकै आकर्षक देखिन्छ । काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान निर्देशक तरुण पाठकले टेकक्रन्चलाई बताए अनुसार जियोपीसी मुम्बईस्थित जियो कम्पनीको लागि आफ्नो प्रयोगकर्ता सङ्ख्या बढाउने एक प्रभावकारी तरिका हो । जियोका प्रयोगकर्ता अहिले नै ४८ करोड ८० लाखभन्दा बढी छन् ।

पाठकका अनुसार करिब ७० प्रतिशत भारतीय परिवारमा टिभी छ । तर केवल १५ प्रतिशतसँग मात्र पीसी छ ।

कम्प्युटरको अनुभव गर्न नपाएका परिवारका लागि यो आकर्षक अवसर हो । तर, जियोलाई यो सेवाको मार्केटिङ र प्रयोगबारे बुझाउन निकै मिहिनेत गर्नुपर्ने उनी सुनाउँछन् । उनले भने, “तपाईंले मानिसलाई सेट-टप बक्स प्रयोग गरेर टिभीमै पीसी चलाउन सकिन्छ भनेर विश्वस्त पार्नुपर्छ ।”

सरकारी तथ्याङ्क अनुसार भारतमा हाल करिब पाँच करोड ७० लाख सक्रिय ‘पे-टिभी’ (शुल्क तिरेर हेरिने) सेट-टप बक्स प्रयोगकर्ता छन् । तर, इन्टरनेटको सहज पहुँचसँगै परम्परागत ‘डाइरेक्ट-टु-होम’ (डीटीएच) टिभी बजार खुम्चिँदै गएको छ ।

साइबर मिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामका अनुसार जियोपीसीमार्फत जियोले ग्रामीण र कम आय भएका क्षेत्रमा नयाँ सेट-टप बक्स प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ । उनले टेकक्रन्चलाई भने, “यसको सम्भावित प्रभाव धेरै व्यापक हुन सक्छ । तर यसको सफलता मुख्य रूपमा कार्यान्वयनमा निर्भर रहनेछ । विशेषगरी इन्टरनेट कनेक्टिभिटीको समस्या समाधान गर्न सक्नु र नागरिकमा डिजिटल साक्षरता बढाउन सक्नु महत्त्वपूर्ण हुनेछ । यदि यी पक्षमा सुधार गर्न सकिएन भने राम्रो योजना भएर पनि यो काम सफल नहुन सक्छ ।”

आईडीसी‍का अनुसार भारतमा पीसीको पहुँच अमेरिका र चीन जस्ता प्रमुख बजारको तुलनामा अझै पनि कम छ । यसको मुख्य कारण सीमित खर्चयोग्य आय र स्मार्टफोनलाई नै मुख्य कम्प्युटिङ उपकरणको रूपमा प्रयोग गरिनु हो ।

रामका अनुसार माइक्रोसफ्ट र अन्य धेरै क्लाउड प्रदायकले व्यावसायिक ग्राहकलाई लक्षित गरी भर्चुअल डेस्कटप सेवा पहिलेदेखि नै दिंदै आएका छन् । तर, जियोको यो कदम आम उपभोक्तालाई लक्षित गरिएको पहिलो गम्भीर प्रयास हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द