२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

चश्मा लगाउनेको संख्यामा वृद्धि

२०७४, २५ भाद्र आईतवार ११:१०

भदौ २५,भक्तपुर। पछिल्लो समयमा भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको छ । 

अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीको भनाइ छ । धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ । 

पन्ध्रदेखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउनुहुन्छ । आँखाका बारेमा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भइआए पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको विज्ञहरु बताउँछन् । 

विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या लिएर अहिले दिनमा ६० देखि ७० जना दैनिकजसो केन्द्रमा आउने गरेका छन् । 

धुलो धुवाँमा हिँडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुने, प्रशस्त पानी पिउने, जथाभावी औषधिको प्रयोग नगर्ने, कीरा आउने बत्तीको नजिक नबस्ने जस्ता कुरामा ध्यान दिनसके आँखाका रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ । यही भदौ २७ र २८ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो । 

अधिकारीकाअनुसार सो शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई त्यही नै निःशुल्क शल्यक्रिया गरिने गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा