२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध गर्दै अस्ट्रेलिया

१५ श्रावण २०८२, बुधबार १७:०८

काठमाडौँ | अब अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि युट्युबमा समेत प्रतिबन्ध लाग्ने भएको छ । अस्ट्रेलियाली सङ्घीय सरकारले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजनामा युट्युबलाई समेत समेटिएको हो ।

यो प्रतिबन्ध १० डिसेम्बर, २०२५ देखि लागु हुनेछ । सुरुमा भिडिओ-शेयरिङ साइट युट्युबलाई यो प्रतिबन्धबाट अलग राखिएको थियो । तर ई-सेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टको सिफारिसपछि सरकारले आफ्नो योजनामा परिवर्तन गर्दै युट्युबलाई पनि प्रतिबन्धको दायरामा ल्याएको हो ।

 

बालबालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्य र कल्याणको रक्षा गर्न भन्दै त्यहाँको सरकारले यस्तो प्रतिबन्धको तयारी अगाडि बढाएको छ । सञ्चारमन्त्री अनिका वेल्सका अनुसार सकारात्मक पक्षभन्दा सामाजिक सञ्जालबाट हुने साइबर बुलिङ र हानिकारक सामग्रीको जोखिम बढी छन् ।

उनले बालबालिकालाई लक्षित गर्ने प्रिडटरी (शिकारी) एल्गोरिदमको लागि कुनै स्थान नरहेको बताएकी छिन् । प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालले बालबालिकालाई सामाजिक रूपमा हानि पुर्‍याइरहेको बताएका छन् र अस्ट्रेलियाली अभिभावकहरूलाई सरकार उनीहरूको साथमा रहेको आश्वासन दिएका छन् ।

प्रतिबन्ध अन्तर्गत अस्ट्रेलियामा १६ वर्ष मुनिका सबै बालबालिकालाई सामाजिक सञ्जालमा अकाउन्ट खोल्नबाट रोकिनेछ । यस्ता सामाजिक सञ्जालमा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, एक्स, रेडिटजस्ता प्लेटफर्म समावेश छन्, जसमा पछिल्लो समय युट्युब पनि थपिएको हो ।

तर मेसेन्जर किड्स, ह्वाट्सएप र गुगल क्लासरुम जस्ता केही मेसेजिङ एपहरूलाई भने यस प्रतिबन्धमा समावेश गरिने छैन । अनलाइन भिडिओ गेमहरू जस्तै रोबोलक्स र फोर्टनाइट पनि प्रतिबन्धमा पर्ने छैनन्, किनकि उनीहरूले १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको तुलनामा कम हानि पुर्‍याउने बताइएको छ । यस बाहेक शिक्षा र स्वास्थ्य सम्बन्धी एपहरू पनि प्रतिबन्धबाट बच्नेछन् ।

युट्युबलाई प्रतिबन्धमा समावेश गरिए पनि यो अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तो पूर्ण रूपमा पहुँचयोग्य नहुने भने होइन । साइटका अधिकांश सामग्री पहुँच गर्न अकाउन्ट आवश्यक नपर्ने भएकाले बालबालिकाहरूले लगइन नगरी भिडिओहरू हेर्न सक्नेछन् । तर, उनीहरूले उमेर-प्रतिबन्धित सामग्री हेर्न, कमेन्ट गर्न वा आफ्नै भिडिओ अपलोड गर्न पाउने छैनन् ।

ई-सेफ्टी आयुक्त इनम्यान ग्रान्टले २,६०० बालबालिकाहरूको सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिबन्धको सिफारिस गरेकी थिइन् । जसमा लगभग ४० प्रतिशतले युट्युबमा हानिकारक सामग्रीको सामना गरेको पाइएको थियो । जुन उनको अनुसन्धानमा सबैभन्दा बढी उल्लिखित प्लेटफर्म थियो ।

प्रतिबन्धको सूचीमा युट्युबलाई समावेश गर्ने अस्ट्रेलियाको निर्णयपछि गुगलले मुद्दा हाल्ने धम्की दिएको समाचार विभिन्न स्थानीय सञ्चार माध्यममा प्रकाशित भएको बीबीसीले जनाएको छ । युट्युबलाई सामाजिक सञ्जाल नभई भिडिओ-शेयरिङ प्लेटफर्म भएको तर्क कम्पनीले गरेको छ । युट्युब किड्स भने यो प्रतिबन्धमा समेटिने छैन, किनभने यस प्लेटफर्ममा अकाउन्टहरूबाट कन्टेन्ट अपलोड गर्न वा भिडिओहरूमा कमेन्ट गर्न सकिँदैन ।

यो नियम लागु भएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई अकाउन्ट खोल्नबाट रोक्नका लागि उचित कदमहरू चाल्नुपर्नेछ । यदि उनीहरूले यो प्रतिबन्ध लागु नगरेमा ३२.५ मिलियन अमेरिकी डलरसम्म जरिबाना लाग्न सक्नेछ । सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १६ वर्ष मुनिका बालबालिकाका विद्यमान अकाउन्टहरू पनि निष्क्रिय पार्न निर्देशन दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला