2026-10-21 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ | वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ उनीहरू सम्पर्कबिहीन भएका थिए ।

प्रहरीका अनुसार फिनल्यान्ड पठाउने भनी ५७ लाख रुपियाँ ठगी गर्ने ५२ वर्षीय कर्णबहादुर राउत पक्राउ परेका छन् । उनी स्थायी घर सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ भई हाल रूपन्देही बुटवल नगरपालिका–२ बस्दै आएका छन्।

माल्टा पठाउने भनी चार लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय आनन्द थापा पक्राउ परेका छन् । उनी स्थायी घर तनहुँको भानु नगरपालिका वडा नं २२ भइ हाल काठमाडौँ नागर्जुन नगरपालिका वडा ९ बस्दै आएका थिए । फिनल्यान्ड पठाउने भनी चार लाख २० हजार रुपियाँ ठगी गर्ने ३९ वर्षीय राधिका पाठक पौडेल पक्राउ परेकी छन् । स्थायी घर नवलपरासी (पूर्व) कावासेती नगरपालिका वडा नं ३ का पौडेल काठमाडौँ महानगरपालिका वडा नं १२ बाट पक्राउ परेका थिए।

यसैगरी, सर्विया पठाउने भनी आठ लाख रुपियाँ ठगी गर्ने ४७ वर्षीय तिलक परियार पक्राउ परेका छन् । उनी स्थायी घर मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं ३ भइ हाल काठमाडौँ महानगरपालिका वडा नं ३१ बस्दै आएका थिए। उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वेदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ