2026-09-10 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्ने तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोडैता नगरपालिका-५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट शुक्रबार बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बलरा नगरपालिका-८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता-५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । परीक्षा चलिरहेकै समयमा केही परीक्षार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने तथा उत्तर प्राप्त गर्ने प्रयास गरेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँ खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएका थिए ।

त्यसपछि उनीहरुले वाटसपमा ग्रुप बनाएर चिट चोर्ने गरेको पाईएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए । परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको शुक्रबार दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ ।

यस्तै, परीक्षाको पहिलो दिन हिँजो जिल्लाको कविलासी नगरपालिका-२, पिपरियास्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो