2026-10-21 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेका बेला परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्ने तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोडैता नगरपालिका-५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट शुक्रबार बिहान करिब ८ः४० बजेतिर परीक्षा हलमै मोबाइल प्रयोग गरी चिट चोर्दै गरेका तीन जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बलरा नगरपालिका-८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता-५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । परीक्षा चलिरहेकै समयमा केही परीक्षार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाउने तथा उत्तर प्राप्त गर्ने प्रयास गरेको देखिएपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँ खटिएको प्रहरी टोलीलाई जिम्मा लगाएका थिए ।

त्यसपछि उनीहरुले वाटसपमा ग्रुप बनाएर चिट चोर्ने गरेको पाईएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए । परीक्षाको मर्यादाविपरीत कार्यमा संलग्न तीनै जना परीक्षार्थीको शुक्रबार दोस्रो दिन भएको अनिवार्य नेपाली विषयको परीक्षा रद्द गरिएको छ ।

यस्तै, परीक्षाको पहिलो दिन हिँजो जिल्लाको कविलासी नगरपालिका-२, पिपरियास्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिरबाट प्रश्नपत्र आउट गर्ने एक जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ