२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमका सिमकार्ड प्रयोग गर्नेहरुलाई खुशीको खबर, पहिलोपटक आयो यस्तो अफर

२०७४, ३ आश्विन मंगलवार १७:३९

असोज ३, काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने तपाइको आगी खुसीको खबर छ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।

यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स आजबाट सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सञ्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको सङ्ख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दशैं–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा मोबाइल एप्स डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल