२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’

२०७४, ८ आश्विन आईतवार ०८:०१

असोज ८, भक्तपुर। दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । 


दशैंमा बढी जोशिएर रातो (खसी, रांगा र बढी बोसो हुने बगुर र बँदेल ) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता र साथीभाइसँग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गाैलामा समस्या थपिने हुन्छ । 

चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले भने मुटुको अवस्था एवं रगतमा बोसोको अवस्थाबारे थाहा पाउन आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गर्न जरुरी भएको भक्तपुरको गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउत बताउनुहुन्छ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको बताउँँदै मुटुरोग विशेषज्ञ डा राउत भन्नुहुन्छ “ज्यान बच्यो भने त मासु फेरि पनि खान पाइन्छ, एकै पटक धेरै मासु खाँदा मुटुरोग, उच्च रक्तचाप, डायबिटिज र युरिक एसिड भएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।” 

नेपाल हृदयरोग प्रतिष्ठानका पूर्वअध्यक्ष डा प्रकाशराज रेग्मी पनि उच्च रक्तचाप र मुटुरोगीलाई दशैंँमा बढी रातो मासु र मदिरा नखान सुझाव दिनुहुन्छ । दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले बताउनुभयो । 

अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने जानकारी डा रेग्मीले दिनुभयो । “दशैं भन्दैमा चिल्लो बढी भएको मासु र अन्य परिकार तथा पिरो खाने, रातभरी नसुतीकन तास खेल्ने, शरीरलाई आराम नदिने व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ ”उहाँले भन्नुभयो । 

अन्य समयका तुलनामा दशंैमा मासु र मदिरा सेवनका कारणबाट हुने बिरामी धेरै आउने गरेको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताउनुभयो । अस्पतालले मुटुरोगको उपचार शुरु गरेसंँगै दशैंमा मुटु रोग, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या लिएर बढी बिरामी आउने भएकाले अस्पतालले आकस्मिक कक्षदेखि चिकित्सक्समेतलाई तयारी अवस्थामा राखिने जानकारी दिनुभयो । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा