२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब दलहरुको ध्यान प्रतिनिधि र प्रदेशसभाको निर्वाचनतिर

२०७४, ९ आश्विन सोमबार ०७:५१

असोज ९, पोखरा। स्थानीय तहका तीनै चरणका निर्वाचन सम्पन्न भई मतपरिणाम पनि आएपछि अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ । 

जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनोट गरेर जिल्ला समितिमा पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिइसकेका छन् । 

उम्मेदवार बन्न इच्छुक दलका नेता पनि टिकट पाउनका लागि दौडधूप शुरु गरेको देखिन्छ । चियापसल, गाउँ नगरका चोक, चौतारा र भेटघाटमा निर्वाचनकै परिचर्चा शुरु हुन थालेकोे छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कुन दलको उम्मेदवारलाई जिताउन त्यस क्षेत्रको विकास हुन्छ भनेर मतदाताले पनि एक–आपसमा छलफल शुरु गर्न थालेका छन् । 

चार निर्वाचन क्षेत्र रहेको कास्की जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाको ३ र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र कायम गरेका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले पनि मतदाता शिक्षाको तैयारीमा जुटेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा कायम गरिएका मतदान स्थल र केन्द्रको पुनरावलोकनका लागि स्थानीय प्रशासनसँग छलफलसमेत भएको बताइएको छ । कास्कीमा आगामी मसिर २१ गते दुबै तहको निर्वाचन हुँदैछ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल