२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अठतीसौँ विश्व पर्यटन दिवस मनाइयो

२०७४, ९ आश्विन सोमबार १०:३७

असोज ९, काठमाडौँ। ‘दिगो पर्यटन विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । 

विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष महान् चाड विजयादशमीअन्तर्गत फूलपाती पर्ने भएकाले दुईदिनअघि आज सो कार्यक्रम आयोजना गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । 

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बढी अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने एयरलाइन्सतर्फ नेपाल वायु सेवा निगम, होटेलतर्फ सोल्टी क्राउन्ट प्लाजा, ट्रेकिङमा हिमालय इनकाउन्टर र ट्राभलतर्फ फ्लाइट कनेक्सन एयरलाइन्सलाई सम्मान गर्नुभएको थियो । 

यस्तै दिगो पर्यटनको नमूनाका रुपमा चन्द्रागिरि हिल्स प्रालि सम्मानित भएको थियो । कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्चले धादिङ सितली गाउँपालिकाको सलाङ गाउँ, स्याङ्जाको वालिङ नगरपालिकाको पित्लेक र मकवानपुरको कुन्छा गाउँ होमस्टेलाई पर्यटन भ्रमण वर्ष गाउँ घोषणा गरेको थियो । 

सचिव न्यौपानेले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान रहे पनि त्यसको मूल्यांकन हुन सकेको छैन भन्दै पर्यटनलाई आर्थिक हिसाबले मात्र नभई आर्थिक सांस्कृतिक र पर्यटनको बहुआयामिक सम्बन्धको रूपमा लिइनुपर्छ भन्नुभयो । 

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिए व्यवसायी लगानी बढाउन तयार रहेको उल्लेख गर्नुभयो । यसअघि बिहान पर्यटन बोर्डको अगुवाइमा ठमेलदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरिएको थियो । 

संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल