2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरको फिदिममा तिन दिने चिकित्सकीय सीप प्रयोगशाला तालिम शुरु

जिल्ला अस्पताल पाँचथरमा चिकित्सकीय सीपप्रयोगशाला शुरु

पाँचथर,वैशाख ५

जिल्ला अस्पताल पाँचथरमा मातृ तथा नवजात शिशुको जिवन बचाउनको लागि चाहिने अत्यआवश्यकीय सिपहरु नर्सिङ स्टाफहरुमा निरन्तर रुपमा रहि रहोस भन्ने उदेश्यका साथ वन हर्ट वल्र्ड वाइड को आर्थिक, प्राविधिकतथा उपकरणिय सहयोग तथाजिल्ला स्वास्थ्य कार्यालय पाँचथरको समन्वयमा बिहिबार बाट चिकित्सकीय सीपप्रयोगशाला (Clinical Skill Lab)स्थापना गरिएको छ । 

प्रयोगशालाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर उर्मिलाप्रधान श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा वोल्दै उहाँले यो कार्यक्रम अ न्यन्तै राम्रो भएको हुँदा यस्तो कार्यक्रम जिल्लामा रहेका अन्य बर्थिङ सेन्टरमा लैजानुपर्ने आवश्यकता औल्याउनुभयो ।

अस्पताल विकाश समितीका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखजिल्ला अधिकारी प्रकाशअधिकारी,जिल्ला स्वास्थ्यकार्यालका निमित्त प्रमुख डाक्टर भूपाल श्रेष्ठ लगायतले वोल्नुभएको थियो । कार्यक्रम संचालन जिल्ला स्वास्थ्य कार्यालय ,परिवार नियोजनशाखाका स्रोत व्यक्ति  मचिन्द्र बस्नेतले गर्नु भएको थियो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको आयोजना तथा वन हर्ट वल्र्ड वाइड पाँचथरको आर्थिक तथाप्राविधिक सहयोगमा तीन दिने अन साइट कोचिङ मेन्टरिङकार्यक्रमको पनि आजैबाट शुरु गरिएको छ । 

गुणस्तरीय प्रसुती सेवा सुनिश्चतगर्न तथा जटिलता ब्यवस्थापन गर्नका लागि अन साइट कोचिङ मेन्टरिङ विधी मार्फत जिल्ला अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको वन हर्ट वल्र्ड वाइड पाँचथरका जिल्ला संयोजक निलेश कुमार प्रवानाले जानकारी दिनुभयो ।

 जिल्ला अस्पताल पाँचथरका १४ जनानर्सिङ स्टाफहरुको सहभागिता रहेको छ । थापाथली प्रसुती अस्पताल काठमान्डौँमा लामो समय देखि कार्यरत तथा अनुभवि दक्ष प्रसुतीकर्ता तालिमप ्रशिक्षक मैया मानन्धरको प्रत्यक्ष निगरानीमा जिल्ला स्तरीयक्लिनिकल मेन्टर लक्ष्मीचौधरी र लक्ष्मीजोशीले तीनदिने अन साइट कोचिङ मेन्टरिङ कार्यक्रम गर्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई