2026-09-18 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या

साउन ६, ताप्लेजुङ | जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् । 

केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन । 

इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट ९एडिएसएल० सेवासमेत ठप्प छ । विद्युत् र इन्टरनेट दुई वटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन् । 

विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिकहरु खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको बताइएको छ । 

फोहोर पानी खान बाध्य सदरमुकामवासी 

यसैगरी खाने पानीको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष वर्षात्को समयमा धमिलो पानी उपभोग गर्न बाध्य हुँदै आएका जिल्ला सदरमुकामवासी यो वर्ष पनि फोहर पानी खान बाध्य भएका छन् । 

वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान व्यवस्थित र दिगो नभएकाले वर्षात्को समयमा धमिलो तथा फोहोर पानी आउने गरेको छ । हिउँदका महिनामा पनि फोहोर मिसिएको र वर्षात्का समयमा पनि भल मिसिएको पानी उपभोग गर्नु पर्दा समस्या भएको स्थानीयवासीहरूले बताए । 

यो वर्ष पनि जेठदेखि नै ठूलो वर्षा हुनासाथ धमिलो पानी आउने गरेको छ । नजिकै धारा तथा कुवा हुनेले त्यहाँको पानी बोकेर उपभोग गर्दै आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन् । 

फोहोर पानी उमालेर वा फिल्टर गरेर पिउँदा पनि कहिलेकाहीँ स्वास्थ्यमा नै समस्या आउने गरेको स्थानीयवासीको भनाइ छ ।सदरमुकाम नजिकै पर्ने हाङ्देवास्थित देवीखोलाको पानी जम्मा गरेर सदरमुकाममा वितरण गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई