२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रावाबेंशी गाउँपालिकामा डिजिटल बोर्ड

२०७५, १७ श्रावण बिहीबार १५:३३

चिसाङ शेर्पा | साउन १७, खोटाङ | रावावेसी गाउँपालिकाले आजबाट विधुतीय डिजिटल बोर्ड प्रयोगमा ल्याएको छ । गाउँपालिकाको एक नम्बर वडा कुभिण्डे पुछार हरमटारमा भाडामा बस्दै आएको गाउँपालिकाको कार्यालयमा आजदेखी डिजिटल बोर्ड प्रयोगमा ल्याएको हो ।

आठ गाउँपालिकामध्येमा रावाबेंशीले सबैभन्दा पहिला डिजिटल बोर्ड राखेको हो । डिजिटल बोर्डमा मौसमको जानकारी, समय, मिति र गाउँपालिकाले सार्वजनिक गर्ने सुचनाहरु पढ्न सकिने हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकावाट प्रकाशित हुने सुचना सन्देश हेर्न र पढन सहजताका लागि पुरानो शैलीलाई विस्थापित गर्दै २ लाख ५० हजारमा ५ वर्षे ग्यारेण्टी भएको विधुतीय डिजिटल बोर्ड राखिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । भाडामा वस्दै आएको गाउँपालिका भवन निर्माणका लागि ठेक्का लागेर ढुंगा र घडेरी फिलिङको काम सकिएको छ । जम्मा १४ कोठे निर्माण हुने गाउँपालिका भवन स्टिल ट्रसको बन्ने गाउँपालिकाले जनाएको छ ।  


तश्विर: डिजिटल बोर्ड राखेपछि फोटो खिचाउदै जनप्रतिनिधि तथा कर्मचारी | तस्विर: यज्ञनारायण श्रेष्ठको फेसबुकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ