२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सल्यान - SLN

सल्यानको कालीमाटीमा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

२०७५, २४ श्रावण बिहीबार ०८:३९

साउन २४, सल्यान | सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । 

नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्छेद भएको छ । यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

“गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ ।” भण्डारीले भन्नुभयो, “लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।” 

टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो । 

कालीमाटी गाउँपालिकाका–१ वडाबाहेक सबै छ वडामा अहिले टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । टावरमा खराबी आएको कुरा लिखितरुपमै टेलिकमलाई जानकारी गराएर सुनुवाइ नभएपछि मन्त्रालयसम्म पनि पुग्यौं तर सुनुवाइ भएन ।” अध्यक्ष केसीले भन्नुभयो । लगातारको वर्षाले सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउन पहल भइरहेको अध्यक्ष केसीको भनाइ छ । सडक खुलाउन प्रयास भइरहेको छ लगातार अविरल वर्षा भइरहेको छ । 

यसैगरी यातायातका साधन सञ्चालन हुन नसकेपछि प्रसूति गराउन स्वास्थ्यचौकीमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पलबहादुर केसीले बताउनुभयो । “यातयातका साधन सञ्चालन छैनन् प्रसूति गराउन महिलालाई घण्टौँ हिँडेर स्वास्थ्यचौकीमा ल्याउनुपर्ने बाध्यता रहेको छ ।” स्वास्थ्यचौकीमा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि दाङको बगालेसम्म १५ किलोमिटर बोकेर पुर्याउनु पर्ने बाध्यता रहेको केसीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ