2026-09-19 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

केपीलासगढी गाउँपालिका: भरपर्दो ईन्टरनेट सुविधा दिन चेतावनी

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | भरपर्दो ईन्टरनेट जडान नभएको भन्दै केपीलासगढी गाउँपालिकाले ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई चेतावनी दिएको छ । गाउँपालिकामा भर्चुवल नेटवर्क प्रालिले जडान गरेको ईन्टरनेट  स्पीड गतीमा नचलेपछि ईन्टरनेट कम्पनीलाई चेतावनी दिएका हुन् ।

गएको बैशाख ३० गते गाउँपालिकासँग सहकार्यगरी साढे चार लाखमा जडान गरेको ईन्टरनेट कम्पनीले भने अनुसार नचलेपछि तत्काल सुधार गराउन निर्देशन दिइएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । शिघ्र रुपमा ईन्टरनेटमा सुधार नआए कम्पनी बिरुद्ध मुद्दा चलाइने गाउँपालिका प्रमुखले बताए । 

कम्पनीले गाउँ कार्यपालिकाको कार्यालयमा एक एमविपिएस ईन्टरनेट सुविधा दिने भनेपनि हाल ५० केविपिएसदेखी एकसय केविपिएसमात्र ईन्टरनेट संञ्चालनमा छ । त्यही नेटपनि सेवाग्राही बढी हुंदा चल्दै नचल्ने गरेको केपीलासगढी गाउँपालिकाका आईटी अफिसर संगम खतिवडाले जानकारी दिए । ईन्टरनेट नचल्दा ईमेल र ईन्टरनेटका सम्पुर्ण काममा बाधा पुगेको छ । खाशगरी ईमेल गर्न र डाउनलोड गर्नमा समस्या भएको आईटी अफिसर खतिवडाले जनाएका छन् । 

बाक्सिलामा ईन्टरनेट सञ्चालन गर्नका लागि नुनथलाको महुरेडाडाँ र जालपाको माथिल्लो डाडाँ मसानेमा रिपिटर टावर राखेपनि लिंकमा अत्याधिक समस्या भएकाले ईन्टरनेट चलाउन सकस भएको भर्चुवल नेटवर्क प्रालि खोटाङका प्रतिनिधि कमल राईले बताए । आगामी ९ दिनमा अर्खौलेको बिजुले र बाक्सिलामा पुनः रिपिटर टावर राखेर भरपर्दो ईन्टरनेट सुविधा दिने राइले जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई