२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्यामा वृद्धि

२०७५, १२ माघ शनिबार ०९:०३

माघ १२, काठमाडौँ | इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ । 

नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको बताउनुभयो । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको सङ्ख्या करीब १० लाख पुगेको छ । 

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कूल कलेजको शुल्कलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । 

इसेवामा हाल ४९ बैंक तथा वित्तीय संस्था सदस्य छन् । बैंकबाट इसेवामा सहजै रकम पठाउन तथा इसेवाबाट बैंक खातामा रकम जम्मा गर्न सकिन्छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक उक्त प्रालि दशौँ वर्षमा प्रवेश गरेको छ । प्रालिले सन् २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको थियो । 

इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने यो सेवाले एक दशकको अवधिमा ठूलो फड्को मारेको इसेवा सूचना तथा सञ्चार शाखाका प्रतिनिधि माधव पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला