2026-09-10 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै समूहमा नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले आफ्नो एक मात्र इच्छा भनेको पार्टीलाई एकढिक्का बनाउनु रहेको बताए ।

उनले पार्टीमा विशेष महाधिवेशनको विषय आफूले उठाएको पनि उल्लेख गरे । तर त्यो विशेष महाधिवेशन केन्द्रीय समितिले नै गर्नुपर्छ भनेर आफूले भनेको कोइरालाको भनाइ छ । ‘विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर कुरा उठाएको । तर मैले त्यसमा एउटा शब्द अझ जोडेको छु केन्द्रीय समितिले विशेष अधिवेशन गरौं भनेको छु’, कोइरालाले भने, ‘केन्द्रीय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठेरो परिस्थितिमा पुग्छौं भनेर मैले पटक पटक सबै साथीहरूलाई भनेकै हो । त्यो स्वीकार्य भएन । त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो ।’

उनले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति आएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र त्यो कहिले टुंगिन्छ भन्ने भन्न नसकिने बताए । ‘गगनजी अहिले विशेष अधिवेशनबाट सभापति हुनुभयो । ठिकै छ त्यसमा केही छैन । यसविरुद्ध शेरबहादुरजीले र पूर्णबहादुरजीले सर्वोच्चमा मुद्दा दिनुभएको छ । मुद्दाको छिनोफानो भोलिदेखि होला । कति दिन लाग्ने हो । समय लाग्छ लाग्दैन’, कोइरालाले थपे, ‘तर नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई, एकठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । ढुक्क हुनुस् म यो ग्रुप, त्यो ग्रुप, कुनै ग्रुपमा छैन । मेरो एउटा मात्र इच्छा भनेको नेपाली कांग्रेसलाई एकढिक्का बनाइकन आगामी निर्वाचनमा पहिलो पार्टीका रूपमा प्रस्तुत गर्ने हो । अरु मेरो केही इच्छा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो