2026-10-21 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै समूहमा नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले आफ्नो एक मात्र इच्छा भनेको पार्टीलाई एकढिक्का बनाउनु रहेको बताए ।

उनले पार्टीमा विशेष महाधिवेशनको विषय आफूले उठाएको पनि उल्लेख गरे । तर त्यो विशेष महाधिवेशन केन्द्रीय समितिले नै गर्नुपर्छ भनेर आफूले भनेको कोइरालाको भनाइ छ । ‘विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर कुरा उठाएको । तर मैले त्यसमा एउटा शब्द अझ जोडेको छु केन्द्रीय समितिले विशेष अधिवेशन गरौं भनेको छु’, कोइरालाले भने, ‘केन्द्रीय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठेरो परिस्थितिमा पुग्छौं भनेर मैले पटक पटक सबै साथीहरूलाई भनेकै हो । त्यो स्वीकार्य भएन । त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो ।’

उनले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति आएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र त्यो कहिले टुंगिन्छ भन्ने भन्न नसकिने बताए । ‘गगनजी अहिले विशेष अधिवेशनबाट सभापति हुनुभयो । ठिकै छ त्यसमा केही छैन । यसविरुद्ध शेरबहादुरजीले र पूर्णबहादुरजीले सर्वोच्चमा मुद्दा दिनुभएको छ । मुद्दाको छिनोफानो भोलिदेखि होला । कति दिन लाग्ने हो । समय लाग्छ लाग्दैन’, कोइरालाले थपे, ‘तर नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई, एकठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । ढुक्क हुनुस् म यो ग्रुप, त्यो ग्रुप, कुनै ग्रुपमा छैन । मेरो एउटा मात्र इच्छा भनेको नेपाली कांग्रेसलाई एकढिक्का बनाइकन आगामी निर्वाचनमा पहिलो पार्टीका रूपमा प्रस्तुत गर्ने हो । अरु मेरो केही इच्छा छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ