प्रेम सुनार | गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु "/>
२० मंसिर २०८२, शुक्रबार
गुल्मी - GLM

गुरु पुजेर हिडेका वालकको खोलाले बगाएर मृत्यु

४ श्रावण २०७३, मंगलवार १४:४१

प्रेम सुनार | गुल्मी,  साउन– ४  । साढे तिन वजे सम्म विद्यालयमा  गुरु पुर्णीमा पुजा भयो । ति वालकले अरु साथीहरु संगै गुरुहरुलाई  पुजे ।  साढे तिन वजे छुट्टी भएर घर गए ।  घर पुगे आफ्नी आमालाई भने म आज अस्ट्रा क्लास लिन जानु छ भनेर ।  पानी आएको थियो आमाले छाता दिनु भयो र उनि साढे चार वजेतिर  घरबाट निस्कीए । तर  विडम्वनाको कुरा र त्यो यात्रा उनका लागि यो संसारको अन्तिम र एस्ट्रा क्लास   नै बन्न पुग्यो ।

     उनि अर्थात आर्दश विद्याश्रम बोर्डिङ्ग स्कुल तम्घासका कक्षा ४ का विद्यार्थी सुभाष भण्डारी ।  भण्डारी आज दिउँसो करिव ५ वजेको समयमा सोही आदर्श विद्याश्रम नजिकै रहेको ओख्रेनी खोलाले बगाएर त्यहाँबाट करिव ७ सय मिटर तल डम्पीङ्ग साईड नजिकै करिव ७ वजेको समयमा मृत फेला परेका छन् ।

   त्यस विद्यालयका प्राचार्य भगतसिंह खड्काले दिएको जानकारी अनुसार उनि साढे तिन वजे सम्म चलेको गुरु पुजा सकेर घर गएका थिए । उनकी आमालाई उदृद गदै खड्काले भने– ‘खै आज त कुनै अस्ट्रा  क्लास थिएन तर नियतिले उनलाई खै कता डोरायो हामीलाई थाह भएन हाम्रो स्कुल भन्दा करिव ५० मिटर पर रहेको मद्रसाका मानिसहरुले  एक जना वच्चा खोलाले बगायो भनेर मात्र थाह पाएका हौं ।’

  प्रचार्य खड्काले अस्ट्रा क्लास थिएन भने पछि उनि  घरबाट ढाँटेर साथीहरु संग खेल्न हिडेको बुझ्न सकिन्छ ।  उनको उमेर  १० वर्ष भएको बताईएको छ । उनी तम्घासको धागीथुम निवासी लिलाधर भण्डारीका छोरा हुन् ।

   त्यस खोला नजिकै रहेका अरु वालकहरुले उनका चप्पल बगाएको र ति चप्पले खोज्न क्रममा ति वालकलाई बगाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले सशस्त्र र नेपाल परिको टोलीले निज वालकलाई बगेको स्थान देखि करिव ७ मिटर तल ओख्रनी डम्पीङ्ग साईड नजिकै खोलामा फेला पारेर परिवारजनलाई उनको शव बुझाउन लागिएको जानकारी दिए । प्राचर्य खड्काले आफुहरुले आफ्नो होनाहार विद्यार्थी मात्र नभएर देशले नै भविश्यको कर्णधार गुमाएको भन्दै शोक व्यक्ति गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै