साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा ल"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सल्यान - SLN

कार्यालयको विल आफुले तिर्नुपरेको कर्मचारीको गुनासो

२०७३, १२ श्रावण बुधबार १४:५०

साउन १२, सल्यान । जिल्ला प्राविधिक कार्यालय सल्यानबाट खर्च भएको मोटरसाइकल मर्मतको ८५ हजार भन्दा बढि रकम कर्मचारीले तिर्ने भएका छन । 

कार्यालयको काममा प्रयोग गरिएको मोटरसाइकलको  मर्मत गर्दा लागेको रकम आफुहरुले तिर्नुपर्दा कर्मचारीहरुले गुनासो पनि गरेका छन । रकम निकासाको लागि कार्यालय प्रमुखले लेखामा सिफारिस गरेपनि मर्मतको शिर्षकमा रकम नभएकाले आफुले भुक्तानी दिन नसकेको लेखापाल खिम बहादुर डाँगीले बताएका छन ।

भुक्तानीको लागि समयमा विल नआएकाले पनि कार्यालयले दिन नसकेको डाँगीले जनाएका हुन । महिना महिनामा विल आउनुपर्नेमा असारको अन्तिममा विल आएकाले कार्यालयले मिलाउन नसकेको बताएका छन । त्यस्तै उनले कर्मचारीसंग इन्धन बाहेकको मर्मत रकम कर्मचारीले नै व्यहोर्नुपर्ने सहमति पहिला नै भएकाले यसमा विवाद गर्न नहुने बताएका छन ।

लेखापाल डाँगीले समयमा विल आएको भए कार्यालयबाट भुक्तानी दिन मिल्ने अनी समयमा विल नआएमा कर्मचारीले व्यहोर्नुपर्ने विवादास्पद कुरा गरेको सम्बन्धित कर्मचारीहरुले आरोप लगाएका छन । उनिहरुले इन्जिनियर र लेखापालको आपसी विवादका कारण आफुहरुले लाखौ रकम तिर्न परेको गुनासो गरेका छन । 

तर प्रमुख जिल्ला इन्जिनियर जगदिश शर्माले भने आफहरु विचमा कुनै विवाद नभएको भन्दै मर्मतको लागि कर्मचारीबाट भुक्तानीहुने गरि कुरा मिलिसकेको र मर्मतको स्रोत नभएकाले मिलाएर पठाउन निर्देशन गरिसकेको बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो