२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अडियोमा आधारित मोबाइल एप ‘क्लब हाउस’ संचालनमा, यस्ता छन् फाईदा

२०७८, १८ जेष्ठ मंगलवार ०६:१३

जेठ १८, काठमाडौं । पछिल्लो समय अडियोमा आधारित सामाजिक सञ्जाल 'क्लब हाउस'को प्रयोग र चर्चा चुलिएको छ। सन् २०२० मार्चमा एप्पलको आइओएस अपरेटिङ सिस्टममा लन्च भएको क्लब हाउस (ड्रप-इन अडियो) एप गत मे महिनाबाट मात्रै एन्ड्रोइडका लागि प्ले स्टोरमा आएको हो। 

अल्फा एक्सप्लोरेसन कम्पनीका अनुसार क्लब हाउसको डेब्युपछि सक्रिय प्रयोगकर्ताको संख्या एक करोडभन्दा बढी पुगेको छ। नेपालमा पनि केही दिनयता प्रयोगकर्ताको संख्यासँगै छलफल गरिने विषयका रुमहरुको संख्या ह्वात्तै बढेको छ।

विभिन्न विषयमा छलफल गर्नेगरी नेपाली प्रयोगकर्ताहरुले निषेधाज्ञालाई व्यवस्थित गर्ने गतिलो माध्यम पाएका छन्। एक अर्काबीच आफूलाई रुचि लाग्ने र ज्ञान भएको विषयमा विचार आदानप्रदान गर्न क्लब हाउस उपयोगी देखिन्छ। कुराकानी गर्न प्रयोगकर्ताले रुम क्रिएट गरेर प्राइवेट र पब्लिक फोरम बनाउन मिल्ने सुविधा यसमा छ। 

छलफलका लागि बनाइएको एउटै ग्रुपमा करिब पाँच हजार प्रयोगकर्ता अकोमोडेट गर्न सक्ने कम्पनीले जनाएको छ। क्लब हाउस एपमा प्रयोगकर्ता बिभिन्न विषयमा छलफल भइरहेका फोरममा प्रवेश गर्न, प्रस्तोता र वक्ता बन्न सक्छन्।

कोरोना संक्रमण रोकथामका लागि संसारका बिभिन्न मुलुकमा मानिसहरु बाहिर हिडडुलको क्रम घटेसँगै घरबाट काम गरिरहेका छन्। यस्तोमा सार्वजनिक बहसमा सहभागी हुन चाहनेका लागि यो एपले प्लेटफार्म दिएको छ। तर यो एप चलाउन इन्टरनेटको टुजीभन्दा माथिको नेटवर्कबाट मात्रै सजिलो हुन्छ। इन्टरनेट स्पीड स्लो हुँदा यो एपले प्रयोगकर्तालाई त्यसको सूचना दिन्छ।

सुरुमा पोडकास्ट एपका रूपमा 'टक शो' नाम दिएर पल डेविसन र रोहन सेठले क्लब हाउस सुरु गरेका थिए।

गत जनवरीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत डेविसनले साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या २० लाख हाराहारी रहेको बताएका थिए। फेब्रअरीमा संसारभर सक्रिय प्रयोगकर्ता बढेर ३५ लाख पुगेका थिए। निकै कम समयमा यसका प्रयोगकर्ताको संख्या बढिरहेको छ।

प्रख्यात अनुहारहरु टेस्लाका इलन मस्क, फेसबुकका मार्क जुकरवर्गलगायतले एप प्रयोग सुरु गरेपछि क्लब हाउसको चर्चा चुलिएको थियो। क्लब हाउसलाई टाइम म्यागजिनले २०२१ को १०० मुख्य इन्फ्लुएन्सल कम्पनीको उपाधि दिएको थियो। बिजमाण्डूबाट साभार 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा