2026-08-23 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन

केदार मगर । साउन ११,  खोटाङ (रासस)। पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ ।  ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आयो । रिक्वेष्ट आएको फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदीबहिनी देखेपछि उनले पनि चिनजानकै मान्छे ठानेर एसेप्ट गरिन् । तर, त्यही अपरिचितको फ्रेण्डरिक्वेस्ट एसेप्टले गर्दा दाहाल थरकी युवतीलाई नसोचेको तनाव झेल्नु परेको छ । 

पटक–पटक आफ्नै तस्बिर राखेर अपशव्द प्रयोग गरेर ‘सेक्स्सुअल’ स्टाटस लेखेर टाइमलाईनमा राखिदिने र ट्याग गरिदिन थालेपछि उनलाई तनाव भएको हो । अहिले गाउँघरमा हिँडडुल गर्नै अप्ठ्यारो हुनेगरी आक्रमण हुन थालेको उनी बताउँछिन् ।  

यसैगरी सोही ठाउँकी अर्का १९ वर्षीय र २१ वर्षीय युवती पनि ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट  पीडित छन् । ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट तिनै युवतीको तस्बिर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेका छन् । युवतीको टाइमलाइनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँग सँगै बसेर पढ्न सकिन्न । 

यतिमात्र कहाँ हो र ? ‘यो मायाको सागर’ नामक फेसबुक आइडीले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेदेखि काभ्रेसम्मका दर्जनौँ युवती पीडित भएको गुनासो प्रहरीमा आएको छ । यस्ता किसिमको अश्लिल स्टाटसले समाजमा मुख देखाउनै असहज बनाएको पीडित युवतीको गुनासो छ । 

किशोरीहरुलाई फ्रेण्ड लिस्ट खोज्ने, रिक्वेष्ट पठाउने र त्यहीबाट तस्वीर तानेर आइडीमा पोष्ट गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताउनुभयो । पटकपटक अश्लिल पोष्ट गर्दा परिवारमासमेत तनाव सिर्जना भएको छ । नक्कली फेसबुक एकाउण्ट बनाएर युवतीको मानमर्दन गर्ने र सामाजिकरुपमा बेइज्जत गर्ने व्यक्तिको हालसम्म पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ । 

“हाम्रो इज्जत र प्रतिष्ठामा प्रश्न चिन्ह उठेको छ । घर परिवार र समाजले हेर्ने दृष्टिकोणसमेत नकरात्मक बनेको छ । व्यक्तिगत जीवन व्यतित गर्नै समस्या बनाएको छ”, एक पीडित युवतीले भनिन्, “अब लजाएर चुप बसेर भएन । चुप लागेर बसिरह्यौं भने समाजले उल्टै हामीलाई नै नराम्रो ठान्ने रहेछ । थोरैले हामी निर्दोष छौँ भनेर बुझेका छन्÷बुझ्छन् । तर धेरैले त हामीलाई नै दोषी भनिरहेका छन् । हामी यसबाट उन्मुक्ति खोजिरहेका छौँ ।”

नक्कली फेसबुक आइडीबाट मानमर्दन गर्ने व्यक्तिको पहिचान एवं कारवाहीका लागि पीडित चार युवतीले जिल्ला प्रहरी कार्यालय खोटाङमा असार १२ गते र १९ गते निवेदन दिएका छन् । यस्तै, असार १३ गते प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौँमा पनि निवेदन दिएको उनीहरुले बताएका छन् । तर, हालसम्म दोषी पत्ता लाग्न सकिएको छैन । 

फेसबुक पीडितयुवतीले दिएको उजूरीको बारेमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । “यो टेक्निकल कुरा भएकाले साइबर ब्यूरोसँग समन्वय गरेर काम भइरहेको छ । त्यो मान्छे बसेर चलाइरहेको स्थान पत्ता लागिसकेको छ”, उहाँले भन्नुभयो, “त्यो मान्छे विदेशमा भएकाले को हो भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ । त्यसको पहिचान गर्न इन्टरपोलमार्फत प्रयास गरिरहेका छौँ ।”

पीडित युवतीले नक्कली फेसबुक आइडीबाट आफ्नै तस्वीर राखेर अश्लिल स्टाटस लेखेको कुरा असार ११ गतेमात्र थाहा पाएको बताईन् । ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट ‘पहिलो र दोस्रो भाग सकियो अब तेस्रो भाग आउँछ’ भनेर स्टाटस लेखेको पीडित युवती बताउँछन् ।

मेसेञ्जरमासमेत अश्लिल शब्द प्रयोग गरेर संवाद गर्ने गरेको पाइएको छ । यद्यपि, प्रहरीसम्म उजूरी पुगेपछि सो आइडी सञ्चालकले क्रमशः सबैलाई फ्रेण्डलिष्टबाट हटाउँदै लगेको बताइएको छ । एक युवतीको तस्वीरलाई प्रोफाइल पिक्चर बनाएका उनले हाल सोे तस्वीर समेत हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो