२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी आविष्कार भएको थियो डिजिटल क्यामेरा ?

२ आश्विन २०७९, आईतवार ०८:४०

असोज २, काठमाडौँ | आजभोलि क्यामेरा मानिसका लागि अभिन्न साधन बनेको छ । जीवनका महत्त्वपूर्ण पलहरु कैद गर्नेदेखि अनेकौं व्यावसायिक काममा यसको प्रयोग निर्विकल्प बनेको छ ।

डिजिटल क्यामेराको आविष्कारले त क्यामेराको परम्परागत अवधारणा नै फेरिदिएको छ । यति उपयोगी र लोकप्रिय प्रविधि आखिर कसले आविष्कार गरेको होला ?

स्टिभ सेसन एक इलेक्ट्रिक इन्जिनियर हुन्, जसले कोडकका लागि काम गर्ने क्रममा डिजिटल क्यामेराको आविष्कार गरेका थिए ।

कोडक त्यस्तो अमेरिकन कम्पनी हो, जसले २०औं शताब्दीमा फोटोग्राफिक फिल्म र पेपर बिक्री गरेर आफ्नो अस्तित्वको साम्राज्य खडा गरेको थियो ।

सेसनले तयार पारेको डिजिटल क्यामेराको भविष्य फोटोग्राफीमा नभएको भन्दै कोडकले डिजिटल क्यामेरा निर्माण गरेर बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेको घटना विभिन्न समाचारमा पढ्न पाइन्छ ।

अहिले त्यही कम्पनी परम्परागत फोटोग्राफीसँग सम्बन्धित महँगा प्रविधिलाई प्रयोग गरेर विद्युतीय गाडीका लागि ब्याट्री निर्माण गर्ने काम गरिरहेको छ ।

सन् १९५० मा जन्मिएका सेसनले जुन १९७३ मा अपस्टेट न्यूयोर्कस्थित रेन्ससेलर पोलिटेक्निक इन्टिच्युटबाट मास्टर डिग्री उत्तीर्ण गरेका थिए । उनले सोही वर्ष त्यसबेला अमेरिकाको प्रख्यात फोटोग्राफी सामाग्री निर्माता कम्पनी कोडकमा जागिर पाएका थिए ।


त्यसअघि कोडकले कहिल्यै इलेक्ट्रिक इन्जिनियरलाई जागिरमा राखेको थिएन । उक्त कम्पनीमा क्यामेराका लागि आवश्यक विभिन्न सामग्रीका लागि विशेषगरी केमिकल तथा मेकानिकल इन्जिनियरले जागिर पाउने गर्थे ।

किनभने त्यसबेला फोटो प्रोसेसिङका लागि यी दुई किसिमका इन्जिनियरको मात्र ठूलो भूमिका रहेको थियो । कोडकमा कार्यरत केमिकल तथा मेकानिक इन्जिनियरले होलसेल बिक्रीका लागि एक्सपोजर कन्ट्रोल तथा फ्लाश कन्ट्रोलजस्ता सामाग्री तयार पार्नु पर्ने हुन्थ्यो । यी विविध कामका लागि कम्पनीलाई इलेक्ट्रिक इन्जिनियरको अभाव खड्किरहेको थियो ।

सेसन भन्छन्, “मैंले कोडकमा अन्तर्वार्ता दिंदा त्यहाँको विभिन्न ठाउँमा जानु परेको थियो । उहाँहरूले मेरो सबैभन्दा बढी रुचि के कुरामा छ भनेर सोध्नुभयो । मैले रिसर्च ल्याबमा छ भन्ने उत्तर दिएँ ।“

त्यसपछि उनलाई कम्पनीले उक्त क्षेत्र (विद्युतीय क्षेत्र) मा भोगिरहेका समस्या र चुनौतीको समाधान निकाल्न भनियो । त्यसबेला आफूले मेकानिकल इन्जिनियर, भौतिकशास्त्री, गणितिज्ञसँग काम गर्ने अवसर पाएकाले त्यसैलाई करियरका रूपमा अगाडि बढाउने सोचेको बताउँछन् ।

सीसीडी (चार्ज कपल्ड डिभाइस) सेन्सरसँगको काम

कम्पनीको निर्देशन अनुसार सेसनले रिसर्च ल्याबरेटोरीमा काम गर्न थाले । उक्त ल्याबमा उनी विभिन्न उपकरणको प्रयोग गरेर खोज तथा अनुसन्धान गर्न पाउँथे । यसले गर्दा उनलाई विभिन्न उपकरणले कसरी काम गर्छन् र तिनै उपकरणमा भएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको आइडिया मिल्यो । एकदिन सेसनका बोसले उनका लागि एउटा कामको प्रस्ताव ल्याए ।

“मैले काम गरिरहेको बेला उहाँ मेरो सामु आएर दुई ओटा कामको प्रस्ताव राख्नुभयो,“ सेसन भन्छन्, “उहाँले भन्नुभयो, दुई ओटा काममध्ये एउटा काम गर्नुपर्ने हुन्छ । एउटा भनेको एक्सएल क्यामेराका लागि एक्सपोजर कन्ट्रोलको मोडेल तयार पार्ने वा अर्को भनेको यो चार्ज जोडिएको डिभाइस (चार्ज कपल्ड डिभाइस) ले कसरी काम गर्छ भन्ने कुरा जान्ने । हामी यसलाई प्रयोग गरेर के गर्न सक्छौँ । वा यसले कसरी काम गर्छ भन्ने कुरा जान्न म उत्सुक छु । म इलेक्ट्रोनिक्स गु्रपमा इलेक्ट्रोनिक्स इन्जिनियरका रूपमा कार्यरत थिएँ । त्यो डिभाइस हाम्रा लागि एकदमै नयाँ थियो । हामीले त्यस्ता डिभाइसमा त्यसभन्दा पहिले कहिल्यै काम गरेका थिएनौँ । मलाई दुई ओटा डाइमेन्सन भएको एक्सपोजर सर्फेसमा काम गर्नुपर्ने थियो । तर, सबै विद्युतीय तरिकाबाट ।“  वास्तवमा उनलाई चार्ज जोडिएको डिभाइसमा काम गर्न इच्छा थियो ।

आविष्कारका लागि दुई वर्ष

सेसन सीसीडी सेन्सरमा निरन्तर काम गर्न थाले । जुन डिजिटल क्यामेराका लागि एक महत्वपूर्ण भाग थियो ।

“मैले एक्सएल मुभी क्यामेरा निर्माण गर्ने ठाउँबाट प्रयोग भइसकेको लेन्स चोरेको थिएँ,“ सेसन भन्छन्, “किनभने सीसीडीको सक्रिय भागभन्दा उक्त लेन्स ठूलो थियो । जसले गर्दा म त्यसलाई एक्सएल मुभी क्यामेराको फिल्म प्लेनमा राखेर एसेम्बल गर्न सक्थें । त्यति गरे मात्र सीसीडीले काम गर्ने कुरामा म ढुक्क थिएँ ।“

उक्त क्यामेरामा एउटा मात्र इलेक्ट्रोनिक सटर थियो । जसको सटर स्पीड १/२० सेकेन्डको थियो । त्यसको अगाडिको भागमा निकै संवेदनशिल इन्फ्रारेड (आईआर) ब्लकिङ फिल्टर रहेको थियो । तर त्यसको लाइटनिङमा समस्या थियो ।

सेसनले टेपमा विविध उपकरण जोडेर क्यामेराको नमुना तयार पारे । उनले त्यसमा तस्वीर रेकर्ड गर्नका लागि मेमोरी कार्ड तयार पार्ने सोचेका थिए । जुन १९७५ डेसेम्बरमा सम्पन्न भयो ।

त्यसपछि सेसनको डिजिटल क्यामेरा तयार भयो । उनले यो काम सम्पन्न गर्न दुई वर्षको समय लगाए ।

डिजिटल क्यामेरा आविष्कार गरिसकेपछि सेसनको मनमा भिन्नै किसिमको उत्साह थियो । तर, यो आविष्कार कोडकको व्यवस्थापन समितिलाई त्यति आकर्षक लागेन । यो फोटोग्राफीको भविष्य हो भन्नेबारे कसैले पनि सोच्न नसकेको उनी बताउँछन् ।

प्रमाणित नभएको प्रविधिमा खर्च गरेर कोडक आफ्नो फिल्म फोटोग्राफीको व्यापारलाई जोखिममा राख्न चाहँदैनथ्यो । त्यसैले सेसनको डिजिटल क्यामेरालाई कोडकले आफ्नो व्यापारमा जोड्न चाहिरहेको थिएन ।

आफूले काम गरिरहेको कम्पनीले आफूले तयार पारेको डिजिटल क्यामेरा स्वीकार नगरेपछि सेसनलाई चिन्ता हुन थाल्यो । त्यसपछि ठूलो आकारको डिजिटल टेप क्यामेरा लिएर सेसन फोटो खिच्न जान्थे ।

कोठामा कसैलाई उक्त कुराको जानकारी नदिएर उनी फोटो खिच्थे । त्यसपछि डिजिटल विवरण भण्डारण भएको टेप लग्थे र त्यसलाई टिभीको प्लेब्याक युनिटमा राख्थे । टेलिभिजन हेर्नेहरूले स्क्रिनमा आफ्नो देख्थे । यो कुराले उनीप्रति सबैको ध्यान गयो ।

“यसले कसरी काम गर्छ भनेर मलाई कसैले सोध्दैनथ्यो,“ उनी भन्छन्, “उनीहरू त केवल परम्परागत क्यामेरामा फोटो खिच्न कुनै समस्या नहुँदा यो तरिकाले को फोटो खिच्न चाहन्छ भनेर सोध्थे ।“

उनलाई कसैले पनि क्यामेरा तयार पार्न भनेको थिएन । उनी क्यामेरा विकास गरिरहकेका छन् भन्ने कुरा त कसैलाई थाहा थिएन ।

उनले यो क्यामेरालाई लिएर धेरै मानिसहरूसँग छलफल गरे । तर, प्रायः विषयहरू उक्त क्यामेरा फोटोग्राफीका लागि कत्तिको उपयुक्त छ भन्ने कुरामा केन्द्रित हुने गर्थे ।

आफ्नो कम्पनी लगायत अन्य विभिन्न संस्थाले उनको आविष्कारमाथि प्रश्न उठाए पनि सेसनले कहिल्यै हार मानेनन् । उनलाई आफूले आविष्कार गरेको प्रविधि कुनै दिन फोटोग्राफीका लागि अपरिहार्य बन्छ भन्ने कुराको विश्वास थियो ।

सेसनले उक्त क्यामेरा मुभी क्यामेराको लेन्स, मोटोरोलाका केही महत्त्वपूर्ण भाग, १६ ओटा ब्याट्री र सीसीची इलेक्ट्रोनिक सेन्सरको प्रयोग गरेर तयार पारेका थिए ।

उक्त क्यामेराको आकार एउटा मध्यम प्रिन्टरको आकार जति थियो भने तौल करिब चार किलोको थियो । क्यामेराले ब्ल्याक एण्ड ह्वाइट फोटो खिच्थ्यो ।

सेसन र उनका साथी उक्त क्यामेराले खिचेका फोटो हेर्नका लागि छुट्टै स्क्रिन तयार पारेका थिए । उक्त क्यामेराको रिजोलुसन ०.०१ मेगापिक्सेलको थियो । जसलाई एउटा डिजिटल फोटो खिच्नका लागि २३ सेकेन्ड लाग्थ्यो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ