हातखुट्टा बाउँडिनबाट जोगिन कस्तो खानेकुरा खाने ?

Posted on: 03 Jan, 2023

पुस १९, काठमाडौँ । चिसो बढेसँगै हाम्रो शरीरमा धेरै समस्याले डेरा जमाउने गर्छ । अहिले धेरैलाई सताउने समस्या हो, हातखुट्टा बाउँडिने समस्या । कहिलेकाहीँ यत्तिकै हातगोडा बाउँडिने गर्छ । हातगोडा बाउँडिँदा पीडा त हुन्छ नै, काम गर्न पनि अप्ठ्यारो हुन्छ ।

कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ । कसैलाई बसिरहेको बेला, सुतेको समयमा वा काम गर्ने समयमा पनि अनावश्यक रुपमा कहिलेकाहीँ हातगोडा बाउँडिने गर्छन ।

हातगोडा बाउँडिँदा अत्याधिक पीडा त हुन्छ नै, केही समयसम्म दुखि रहने गर्छ । कसैलाई बसिरहेको समयमा, कसैलाई काम गर्दागर्दै त कतिलाई आराम गर्दा पनि हातगोडा बाउँडिन्छ ।

शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।

शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसकारण पनि मासु बाउँडिने गर्छ ।

शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।

यो समस्याबाट छुट्कारा पाउन कस्तो खानेकुरा खाने ?

यो समस्याबाट छुट्कारा पाउनका लागि केही प्रोटिन तथा रेसादार फलफूल निरन्तर खानुपर्छ । 

दूध 

दुध इलोक्ट्रोलाइट्सको प्राकृतिक स्रोत हो । दूधमा क्याल्सियम, पोटासियम र सोडियम पाइनुका साथै प्रोटिन पनि उल्लेख्य मात्रामा पाइन्छ । दूधले शरिरलाई हाइड्रेट राख्नुका साथै प्रोटिनको मात्रा पनि धेरै भएका कारण च्यातिएका मांसपेशीका तन्तुहरूको सुधारमा पनि सहयोग गर्छ ।

केरा 

केरा फलफूलहरूमा गुणकारी फल हो । जुनसुकै समस्यामा पनि केरा सेवन गर्न मिल्छ । केरामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम प्रचुर मात्रामा हुने हुँदा केरा सेवनले मांशपेशी बाउँडिने समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

सखरखण्ड

यस्तै हाम्रो शहरिया परिवेशमा सखरखण्डलाई पर्व विशेष फलका रूपमा हेर्ने गरिन्छ । ढुलो एकादशीतिर प्रयोगमा देखिने सखरखण्ड पौष्टिक तत्व प्रचुर मात्रामा हुन्छ । सखरखण्डमा पनि पोटासियम, क्याल्सियम र म्याग्नेसियम पाइन्छ ।

एभोकाडो

यस्तै एभोकाडोलाई स्वास्थ्य विज्ञानले एउटा उपनाम दिएको छ – पोटासियम पावरहाउस । एउटा एभोकाडोमा एउटा सखरखण्डमा हुनेभन्दा दुईगुना पोटासियम हुन्छ । पोटासियमले मांसपेशीलाई स्वस्थ बनाउँदै मुटुलाई पनि स्वस्थ राख्छ । त्यसैले, जति सकिन्छ एभोकाडो खाएको राम्रो ।

गेडागुडी

केराउ, मटर, मास, राज्मा, भटमास, बोडीलगायत सबै गेडागुडीमा म्याग्नेसियमको मात्रा धेरै हुन्छ । एक कप पकाएको गेडागुडीमा ७१ मिलिग्रामसम्म म्याग्नेसियम हुन्छ । गेडागुडी सेवनले शरीरमा फाइबरको मात्रा पनि पुग्छ ।

खरबुजा

खरबुजा इलेक्ट्रोलाइट्सको पूर्ण प्याकेज हो भन्दा फरक नपर्ला । एकदम धेरै पोटासियम, धेरै क्याल्सियम र म्याग्नेसियम र ठिक्क मात्रामा सोडियम हुने खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ । कसरत गर्दा पसिनाबाट शरिरमा भएको सोडियम र पानी बाहिरिन्छ ।

पानी

शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन भएर मांसपेशी बाउँडिने समस्या झन बढ्छ । त्यसैले हरेक दिन खरबुजा खाँदा मसल र्क्याम्पमात्र होइन डिहाइड्रेसनको समस्या पनि आउँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!