मोरङमा श्रीमतीको हत्या गरेर फरार रहेका एक जना पक्राउ

Posted on: 25 May, 2022

जेठ ११, मोरङ | मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।

हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

आरोपीलाई  जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!